Comments Add Comment

मुख्यमन्त्री राउतको स्पष्टीकरण : म हिंसामा विश्वास गर्दिनँ

२४ माघ, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो भनाइको गलत व्याख्या गरिएको बताएका छन् ।

प्रदेशका छोरीहरुलाई आफ्नै कार्यकालमा यति कम्पिडेन्ट बनाउनेछु कि हाम्रो कार्यकालमा अब केटाले केटीलाई नभई केटीले केटाको मुखमा एसिड हाल्छन् भन्ने भिडियो क्लिप सार्वजनिक भएपछि मुख्यमन्त्रीको आलोचना भएको छ ।

तर मुख्यमन्त्री राउतले महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्छ भनने आफ्नो आशय भएको बताए ।

जनकपुरधाममा शुक्रबार आयोजित कार्यक्रममा उनले भने, ‘मेरो आशय महिला सशक्त बन्नुपर्छ भन्ने हो । महिलाले पुरुषमाथि एसिड छ्यापोस् भन्न खोज्या होइन ।’

उनले अघि भने जसले जसरी लेख्छ, लेखोस् । तर मैले महिलाले जम्मै काम गर्न सक्छन् भन्न खोजेको हुँ ।’ मुख्यमन्त्री राउतले जतिसुकै राम्रो काम गर्दा पनि थोरै कुरा चिप्लिँदा त्यसलाई भाइरल बनाउने काम भइरहेको बताए ।

‘म हिंसामा विश्वास गर्दिनँ, मैले छोरीलाई सशक्त बनाउने बिषयमा दिएको अभिव्यक्तिलाई अतिरञ्जित गर्ने प्रयास गर्नु दुःखद हो । यसको म खण्डन गर्दैछु’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment