+
+
Shares

ललितपुरका यी क्षेत्रमा आज दिनभर हुनेछ लोडसेडिङ

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २५ गते ९:११

२५ माघ, काठमाडौं । ललितपुर जिल्लाका विभिन्न क्षेत्रमा आज दिनभर लोडसेडिङ हुने भएको छ ।

पाटनको कुपन्डोल फिडरबाट वितरण हुँदै आएका छावहाल, पाटन ढोका, नपाहिटी, कुम्बेश्वर, शंखमूल धापागाल, तरकारीबजार, मंगलबजार, लगनखेललगायत स्थानमा दिनभर विद्युत् आपूर्ति बन्द हुने नेपाल विद्युत् प्राधिकरण, पुल्चोक वितरण केन्द्रले जनाएको छ ।

वितरणकेन्द्रमा सपोर्ट च्यानल राख्नुपर्ने भएकाले विद्युत् आपूर्ति बन्द गर्न लागिएको हो । प्राधिकरणका अनुसार, बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?