Comments Add Comment

छोरा हुर्केपछि मात्र फिल्ममा देखिनेछिन् निशा !

नायिका निशा अधिकारी अहिले चलचित्र क्षेत्रबाट टाढा छिन् । क्रिकेटर शरद भेष्वाकरसँग बैबाहिक जीवनमा बाँधिएपछि उनी चलचित्र क्षेत्रबाट अलग भएकी हुन् । निशा आमा पनि बनिसकेकी छिन् । उनका छोरा २१ महिनाका भइसके ।

लामो समय चलचित्र क्षेत्रबाट टाढा भएकी निशाले अब भने चलचित्र क्षेत्रलाई याद गर्न सुरु गरेकी छिन् । पछिल्लो समय उनी केही सार्वजनिक कार्यक्रमहरुमा पनि देखिन थालेकी छिन् । जहाँबाट उनलाई चलचित्र क्षेत्र प्रति पुनः मोह जागेको कुरा पत्तो पाउन सकिन्छ ।

सार्वजनिक कार्यक्रममा उपस्थिस्त हुन थालेकी निशालाई एउटै प्रश्न गरिन्छ, ‘कमब्याक कहिले ?’

बुधबार चलचित्र ‘सेल्फी किंग’को पि्रमियरमा उपस्थित निशालाई सोही प्रश्न तेर्सियो । त्यहाँ निशाले आफू चलचित्र क्षेत्रमा कमब्याक गर्ने विषयमा सोचिरहेको बताइन् । उनले भनिन्, ‘म कमब्याकको बारेमा सोचिरहेको छु । तर, तुरुन्तै आइहाल्ने अवस्थामा छैन । मलाई कमब्याकको लागि केही समय लाग्न सक्छ ।’

अहिले निशा छोराको स्याहार सुरारमा नै रमाइरहेकी छिन् । छोरा स्कुल जान सुरु गरेपछि मात्र चलचित्र क्षेत्रमा आउने निशाको योजना रहेको छ । उनले थपिन्, ‘अहिले म त ‘फुल टाइम मदर’ भएको छु । छोरालाई नहुर्काएसम्म चलचित्र क्षेत्रमा आउने चान्स नै छैन ।’ उनी आफूले जानेको नै अभिनय भएकाले चलचित्र क्षेत्रसँग टाढा रहेर बस्न नसक्ने बताउँछिन् ।

नायिका निशा चलचित्र क्षेत्रमा सफल नाम हो । उनी अभिनित केही चलचित्रहरुले बक्स अफिसमा राम्रो कमाइ गरेका छन् । पछिल्लो समय निशा निर्माता पनि बनेकी थिइन् । उनको निर्माणमा तयार भएको चलचित्र ‘झ्यानाकुटी’ व्यापारिक र समीक्षात्मक रुपमा औसत चलचित्र बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment