+
+
Shares

डेब्यु ओडीआईमै कुशलले बनाए विश्व कीर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २५ गते १२:५९

२५ माघ, काठमाडौं । नेपाली खेलाडी कुशल मल्ल ओडीआई क्रिकेटमा अर्धशतक प्रहार गर्ने विश्वकै कान्छो खेलाडी बनेका छन् ।

आईसीसी विश्वकप क्रिकेट लिग २ मा अमेरिकाविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट ओडीआईमा डेब्यु गरेका कुशल मल्लले सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडीको कीर्तिमान बनाएका हुन् ।

उनले १५ वर्ष ३ सय ४० दिनमा अर्धसतकीय इनिङ खेल्दै कीर्तिमान बनाएका हुन् ।

कुशलले नेपालकै रोहितकुमार पौडेलको कीर्तिमान तोडेका हुन् । उनी अमेरिकाविरुद्ध रोहितकै स्थानमा पहिलो रोजाइमा पर्दै खेलेका थिए ।

अमेरिकाविरुद्ध कुशलले ४९ बल खेल्दै ४ चौका र ३ छक्काको मद्दतमा ५० रन बनाए ।

यसअघि गत वर्ष युनाइटेड अरब इमिरेट्स यूएईसँगको शृङ्खलामा नेपालका रोहितकुमार पौडेलले १६ वर्ष १ सय ४६ दिन उमेरमा अर्धशतक प्रहार गर्दै कम उमेरमा अर्धशतक प्रहार गर्ने खेलाडी बनेका थिए । नेपाली खेलाडी पौडेलको कीर्तिमानी कुशलले तोडिदिएका छन् ।

जारी खेलमा उनी ५१ बलमा ५० रन बनाएर आउट भएका छन् ।

सन् २०१९ मा सिंगापुरमा भएको नेपाल, सिंगापुर र जिम्मबाबेबीचको त्रिकोणात्मक ट्वान्टी–२० सिरिजमा राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए ।

घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका उनी विश्वकप लिग २ को टोलीमा अभ्यासमा बोलाएका थिए। बन्द प्रशिक्षणमा राम्रो गरेका कुशल अमेरिकासँगको महत्त्वपूर्ण खेलमा टोलीमा अटाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?