Comments Add Comment

‘बाघी ३’को ट्रेलरले बनायो यस्तो रेकर्ड

टाइगर श्राफ स्टारर बलिउड चलचित्र ‘बाघी ३’ को ट्रेलर रिलिज भइसकेको छ । बिहिबार सार्वजनिक भएको यस ट्रेलरले बलिउडमा नयाँ रेकर्ड बनाएको छ । त्यो रेकर्ड हो, सर्वाधिक भ्युजको ।

रिलिज भएको २४ घण्टामा यस चलचित्रको ट्रेलरले ५९ मिलियन भ्युज पाएको थियो । जुन नयाँ रेकर्ड हो । अहिलेसम्म कुनै पनि चलचित्रको ट्रेलरले २४ घण्टामा ५९ मिलियन भ्युज पाएको थिएन ।

चलचित्रको ट्रेलरलाई धेरै दर्शकले रुचाएका छन् । ट्रेलरमा समावेश गरिएको एक्सन पक्षलाई दर्शकले तारिफ गरेका छन् । चलचित्रको मेकिङलाई पनि दर्शकले प्रशंसा गरेका छन् । टाइगरको स्टन्टलाई दर्शकले धमकेदार भएको प्रतिकृया दिएका छन् ।

निर्माता सजिद नाडियडवाला दर्शकले माया गरेकै कारण ट्रेलर हिट भएको बताउँछन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘बल्ल हामीले मायाको अनुभूति गर्ने समय आएको छ । ट्रेलरलाई दर्शकले माया गरेर नै हिट भएको छ । चलचित्रले पनि दर्शकलाई निराश बनाउने छैन ।’

अहमद खानको निर्देशनमा बनेको यस चलचित्रमा श्रद्धा कपुर र रितेश देशमुखको पनि मुख्य भूमिका रहेको छ । आफ्नो भाइको लागि सिंगो देशको विरुद्धको लडाईलाई चलचित्रको विषयबस्तु बनाइएको छ । चलचित्रले मार्च ६ लाई रिलिज मिति तय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment