Comments Add Comment

सुशील होइन, प्रदीप थिए ‘लभ डायरिज’को पहिलो रोजाई !

चलचित्र ‘लभ डायरिज’ रिलिजको तयारीमा छ । भ्यालेनटाइन्स डेको अवसर पारेर फागुन २ गते रिलिज हुने यस चलचित्रलाई सौरभ चौधरीले निर्देशन गरेका छन् ।

चलचित्रमा सुशील श्रेष्ठ, रुविना थापा र विश्वजित रिमालको मुख्य भूमिका रहेको छ ।

यस चलचित्रको मुख्य भूमिकामा देखिएका सुशील यो चलचित्रमा पहिलो रोजाइमा थिएनन् निर्देशक सौरभ चौधरीले नायकमा प्रदीप खड्कालाई रोजेका थिए । तर, प्रदीपसँग सौरभले प्रत्यक्ष भेटेर कुरा भने गर्न पाएनन् ।

चलचित्र क्षेत्रमा नयाँ सौरभले प्रदीपलाई अरु कसैको माध्यमबाट अफर पु¥याए । तर, अफर गर्नेले प्रदीपलाई भड्काइदिए । निर्देशक सौरभ भन्छन्, ‘जसले प्रदीपसँग कुरा गर्नुभयो उहाँले मेरो बारेमा गलत सूचना दिनुभएछ । एउटा चलचित्रको फ्लप कलाकारले बनाउन लागेको भन्दिनु भएछ । त्यहाँबाट प्रदीपजी बिच्किनुभयो ।’

प्रदीपपछि सौरभको दिमागमा आएका दुई कलाकार थिए, आयुष्मान देशराज जोशी र सुशील श्रेष्ठ ।

त्यही समय सौरभले सुशील श्रेष्ठलाई भेटे र चलचित्रको लागि अफर गरे । सुरुमा त सुशील चलचित्रको लागि तयार भएका थिएनन् । निर्देशक सौरभ भन्छन्, ‘मेरो चलचित्रको क्यारेक्टर तपाईं नै हो । तपाईंले जसरी पनि काम गर्नुपर्छ भनेर धेरै कन्भिन्स गरेर मात्र साइन गरेका हौं । उहाँलाई फकाउन गाह्रै पर्‍यो ।’

जब सुशील चलचित्रमा अनुबन्धित भए, सोही दिनदेखि सुशीलको लुक्स, गेटअपदेखि हरेक कुरामा तयारी सुरु गरिएको निर्देशक सौरभले बताए । उनले थपे, ‘हामीले सुशीलको नङदेखि ड्रेसअप, कपालको कलर, उसले बाँधेको डोरोसम्म ख्याल गरेका छौं । हामीले चलचित्रको क्यारेक्टरलाई पूर्ण रुपमा न्याय दिने प्रयास गरेका छौं ।’

सशील पनि चलचित्रको लागि निकै मेहनत गरेको बताउँछन् । उनले भने, ‘बाहिरी आवरणको लागि मात्र होइन, स्क्रिप्टअनुसारको काम गरेर देखाउनको लागि पनि हामीले धेरै वर्कसपहरु गरेका छौं । आशा छ दर्शकले उक्त कुरालाई स्वीकार्नु हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment