Comments Add Comment

हलमा देखियो विराजको क्रेज, दर्शकले भने-बाघ फर्कियो

शुक्रबारबाट रिलिज भएको नायक विराज भट्ट स्टारर चलचित्र ‘साङ्लो’ले दर्शकको साथ पाएको छ । सिंगल थिएटरहरुमा विराजको क्रेज गज्जब देखिएको छ ।

शनिबार नायक विराज भट्ट नायिका निकिता चण्डक, अभिनेता प्रकाश शाह, अमित गिरी सहित विभिन्न सिंगल थिएटरहरुसम्म पुगेका थिए । जहाँ विराजलाई दर्शकले घेरेका थिए । विराजको नाममा हुटिङ र सीठ्ठी फुक्ने दर्शक धेरै थिए ।

विराज चाबहिलमा रहेको गोपीकृष्ण हल पुग्दा उनलाई दर्शकले घेरिहाले । उनीसँग सेल्फी खिच्ने दर्शकको भिड थामिनसक्नुको नै थियो । विराजलाई दर्शकले बोकेर नै हुटिङ गरेका थिए । धेरैले विराजलाई बाघ फर्किएको भन्दै हुटिङ गरिहरेका थिए ।

गोपिकृष्ण हलमा विराजले आफ्नो दर्शकको लागि चलचित्रको संवाद बोलेर सुनाए । उनले ‘साङ्लो’ बाहेक आफ्नो पूराना चलचिहरुको संवाद पनि त्यहाँ बोलेका थिए ।

गोपिकृष्णमा दर्शक साक्षत्कार गरेर विराजको टिम अष्टनारयण हलसम्म पुगेको थियो । चलचित्र सकिनै लाग्दा भरिभराउ हल भित्र विराज छिरे । विराजलाई देखेपछि दर्शकले उठेर नै ताली बजाए, सिठ्ठी फुके । त्यहाँ विराजले दर्शकसँगै चलचित्रको गीत गुनगुनाए ।

मल्टिप्लेक्स हलमा खासै शो र दर्शक नपाएको यस चलचित्रले सिंगल थिएटरमा भने आक्रमक व्यापार गरेको छ । कुनै समय आफ्नो गतिलो स्टारडम बनाएका विराजले यस चलचित्रबाट पनि आफ्नो स्टारडम देखाएका छन् ।

साङ्लो विराज आफैँले निर्माण तथा निर्देशन गरेको चलचित्र हो । विराजले यसै चलचित्रबाट निर्देशनमा डेब्यु गरेका हुन् ।
तस्वीर : शंकर गिरी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment