Comments Add Comment

बलिउड अभिनेत्रीहरु सुन्दरताका लागि के गर्छन् ?

बलिउड अभिनेत्री शिल्पा सेट्ठीलाई अहिले ‘योग गुरु’ समेत भनिन्छ । ४४ बषिर्य अभिनेत्री जस्तोसुकै कठिन आसन पनि सहजै गर्न सक्छिन् । यत्तिका उमेरमा पनि जवान र सुन्दर देखिनुमा व्यायाम, योग र सन्तुलित खानपान हो ।

शिल्पाको मात्र के कुरा, अधिकांश बलिउड अभिनेत्री आफ्नो सुन्दरता र शारीरिक तन्दुरुस्तीका लागि नियमित व्यायाम, योग गर्छन् । पछिल्ला छिमलकी अभिनेत्रीहरुमा त व्यायामको लत नै छ । व्यायामलाई उनीहरुले आफ्नो दैनिकीको हिस्सा बनाएका छन् ।

जान्ह्वी कपूरदेखि सारा अली खानसम्म, दिशा पटानीदेखि श्रद्धा कपूरसम्म व्यायामका अम्मली हुन् । त्यसो त ऐश्वर्य राय, करिना कपूर लगायतका आमा भइसकेकी अभिनेत्री समेत नियमित योग र व्यायाम गर्छन् । अभिनेत्री रानी मुखर्जीले दिनमा सय पटकभन्दा बढी सूर्य नमस्कार गर्ने गरेको बताएकी थिइन् । सूर्य नमस्कारमा १२ वटा अवस्थिती हुन्छ, जसले समग्र शरीरको समूचित व्यायाम गराउँछ ।

विपशा बसुलगायत अरु थुप्रै अभिनेत्री योग, ध्यान, व्यायाममा निपूर्ण रहेको पाइन्छ । बलिउड अभिनेत्रीहरुले खानपानमा पनि उत्तिकै ध्यान दिने गरेका छन् । उनीहरु सन्तुलित र सुपाच्य भोजन गर्छन् । धेरैजसोले उसिनेको खानेकुरा सेवन गर्छन् । विहानदेखि रातीसम्मको खानपान तालिकामा सम्पूर्ण पोषक तत्व मिलाएका हुन्छन् ।

कुनैबेला सोनाक्षी सिन्हा ९० केजी तौलकी थिइन् । मोटी एवं भद्दा । तर, जब सलमान खानले उनलाई ‘हिरोइन बनाउने’ सर्त अघि सारे, तब सोनाक्षीले ३० केजी तौल घटाइन् । त्यसपछि उनले आफ्नो शरीरलाई फिट एन्ड फाइन राख्न अविछिन्न मेहनत गरिरहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment