+
+
Shares

माधव नेपालको स्पष्टीकरण : ललिता निवासमा म दोषी छैन

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २४ गते २०:४६

२४ माघ, विराटनगर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा आफू दोषी नरहेको प्रष्टीकरण दिएका छन् । आफू प्रधानमन्त्री हुँदा कुनै नयाँ मोही बनाउने निर्णय नभएको उनको दाबी छ ।

ललिता निवास जग्गा प्रकरण (बालुवाटार जग्गा प्रकरण) मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार १७५ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

तर मन्त्रिपरिषदको नीतिगत निर्णय भन्दै पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईको हकमा केही गर्नुनपर्ने उसले बताएको छ ।

तत्कालीन प्रधानमन्त्रीहरुलाई उन्मुक्ति दिएर मन्त्री विजयकुमार गच्छदारलाई मुद्दा लगाएको भन्दै कांग्रेसले विरोध गरेको छ भने कतिपयले अख्तियार ठूला नेताहरुसँग डराएको टिप्पणी गरेका छन् ।

तर नेता नेपालले जग्गा प्रकरणमा आफू दोषी नभएको बताए । ‘अनुचित काममा लागेको जोसुकै किन नहोस्, उम्किन पाउँदैन,’ नेता नेपालले भने, ‘म दोषी छैन, म अपराधी होइन । म भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने मान्यताको मान्छे हुँ ।’
उनले अघि भने, ‘मेरो पालामा कुनै नयाँ मोही बनाउनका लागि मोही दिने निर्णय पनि भएको छैन ।’

ललिता निवास प्रकरणमा दोषीले उन्मुक्ति पाउन नहुने र निर्दाेष मान्छे पर्न पनि नहुने उनले बताए । विराटनगर विमानस्थलमा शुक्रबार विहान स्थानीय सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले भने, ‘ललिता निवास जग्गा प्रकरणमा संलग्न दोषी मान्छे उम्किन हुन्न, निर्दोष पनि पर्न हुन्न ।’

कांग्रेसले भनेजस्तो पार्टीगत रुपमा कसैलाई फसाउन खोजेको जस्तो आफूलाई नलागेको पनि उनले बताए । कांग्रेसले भनेजस्तो कसैलाई फसाइएको हो भने त्यो गतल हुने नेता नेपाले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?