काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको खेल तालिका फेरि परिवर्तन भएको छ । आयोजक अखिल नेपाल फुटबल संघले यसअघि अन्तिम ३ चरणको खेल तालिका एकै पटक सार्वजनिक गरेको थियो । जसअनुसार मनाङ मर्स्याङ्दी र एनआरटी बिचको खेल आज शनिबार हुने तय थियो ।
तर हलचोकमा हुने भनिएको उक्त खेल एन्फाले प्राविधिक कारणले गर्दा आज हुन नसकेको भन्दै भोलि आइतबार दिउँसो एन्फा कम्प्लेक्समा हुने जनाएको छ । साथै एनफाले १२औं र १३औं चरणको खेल तालिकामा पनि केही हेरफेर गरेको छ ।
प्रतिक्रिया 4