Comments Add Comment

‘कैथी’को रिमेकमा ऋतिक कि रणवीर ?

ब्लकबस्टर तामिल चलचित्र ‘कैथी’को हिन्दी रिमेक बन्ने भएको छ । बलिउड चलचित्र निर्माण कम्पनी रिलायन्स इन्टिरटेन्मटेन्टले रिमेक राइट्स लिइसकेको छ । चलचित्र निर्माणको लागि निकै मंहगो बजेट खर्चिनु पर्नेछ ।

चलचित्रको रिमेक बन्ने घोषणा भएसँगै चलचित्रमा ‘कैथी’ को बन्ने भन्ने विषयमा पनि धेरै हल्ला चलिरहेको छ । धेरैलाई यो चासोको विषय पनि बनिरहेको छ । चलचित्र निर्माण पक्षले भने ऋतिक रोशन र रणवीर सिंहलाई वैकल्पिकमा छानेको छ ।

निर्देशक लोकेश कनगराज चलचित्रलाई धमकेदार होस् भन्ने चाहान्छन् । त्यसको लागि स्टारकास्ट सोही अनुसारको खोजिरहेका छन्, निर्देशक कनगराज । उनले भनेका छन्, ‘एक्सन थि्रलर चलचित्र भएकाले हामीले ऋतिक र रणवीरलाई अप्सनमा राखेका छौँ । जसको समय मिल्छ उहीँ चलचित्रमा हुनुहुनेछ ।’

एक्सन चलचित्रमा ऋतिकको नाम पहिला आउँछ । ऋतिकले धेरै एक्सन चलचित्रमा काम गरिसकेका छन् । त्यसैले पनि निर्माण पक्षले पहसला ऋतिकलाई नै अफर गर्नेछ । ऋतिकसँग सम्झौता हुन नसके रणवीरलाई चलचित्रमा लिने निर्माण पक्षको इच्छा छ ।

तामिल ‘कैथी’मा अभिनेता कर्थीले मुख्य भूमिका निर्वाह गरेका थिए । चलचित्रबाट उनको निकै प्रशंसा भएको थियो । चलचित्रमा नराइन, विजय टिभी धिना, मरियमको पनि अभिनय रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment