Comments Add Comment

सडकमा २६ जनाको ज्यान लिने सैनिक जवान मारिए

काठमाडौं । थाइल्याण्डको नाखोन रत्चासिमा शहरमा २६ जनाको हत्या गर्ने एक सैनिक जवानलाई सुरक्षाबलले मारेको छ ।

थाई पुलिसकाअनुसार शनिबार जकरापंत थाम्माले आफ्नो कमान्डिङ अफिसरको हत्या गरेर शिविरमा रहेका हतियार चोरेका थिए । त्यसपछि सडकमा अन्धाधुन्द गोली चलाउँदै उनी एक शपिङ सेन्टरमा छिरेका थिए ।

नाखोन रात्चापसमा शहरलाई कोराट नामले पनि चिनिन्छ ।

गोली चलाउने व्यक्तिले सामाजिक सञ्जालमा केही कुराहरु पोष्ट समेत गरेका थिए । सुरक्षा फौजले उनलाई एउटा भवनमा घेरेका थिए र, उनी सुरक्षा फौजबाट मारिए ।

थाइल्याण्डका प्रधानमन्त्री प्रयुथ चान–ओचाले आइतबार घटनामा मर्नेको संख्या २६ पुगेको बताएका छन् । त्यहाँ पहिलो २० व्यक्तिको मृत्यु भएको समाचार सार्वजनिक भएको थियो । प्रधानमन्त्रीका अनुसार उक्त घटनामा ५७ जना घाइते भएका छन् ।

प्रधानमन्त्रीले अस्पतालमा पुगेर घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै प्रधानमन्त्रीले भने, ‘थाइल्याण्डका लागि यो अत्यन्तै गलक काम हो, म चाहन्छु यस्तो घटना यो नै अन्तिम होस् ।’

उनकाअनुसार आक्रमण गर्ने सैनिक जवान सम्पत्ति सम्झौताको क्रममा कसैबाट धोखा पाएको हुनुपर्छ र तनाव भएर यो कदम उठाएको हुनुपर्छ ।

शपिङ सेन्टरमा के भएको थियो ?

स्थानीयसमयअनुसार राति ३ बजेतिर पहिलो गोली चलेको आवाज आएको थियो । त्यसबेला सुरक्षाबलले आक्रमणकारीलाई नियन्त्रणमा लिने प्रयास गरेका थिए । धेरै मानिसहरुलाई तत्काल शपिङ सेन्छरबाट बाहिर निकालियो तर केहीलाई आक्रमणकारीले बन्धक बनाएको अनुमान थियो ।

स्थानीयसमयअनुसार आइतबार बिहान ९ः३० बजे आक्रमणकारी मारिएको पुष्टि भयो ।

सडकमा शव

दि बैंकक पोष्टकाअनुसार शनिबार दिउँसो ३ बजे सुआथम फिथाक मिलिट्री क्याम्पका कमाण्डिङ अफिसर कर्नल अन्नथारोट क्रासेको हत्या भएको थियो । उनीसँगै एक जवान पनि मारिए ।

सैनिक जवान जकरापंत थाम्माले हतियार चोरेर भागे र साँझ करिब ६ बजेतिर टर्मिनल २१ मा अन्धाधुन्ध गोली चलाए । गाडीबाट बाहिर निस्केपछि उनले भागिरहेका मानिसहरुमाथि गोली चलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment