+
+
Shares

रातो मछिन्द्रनाथ मन्दिर पुनर्निर्माणबाट श्रीलंका बाहिरियो

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २६ गते १९:५१

२६ माघ, काठमाडौं । ललितपुरको रातो मछिन्द्रनाथ मन्दिरको पुनर्निर्माणको जिम्मा लिएको श्रीलंका सरकारले पुनर्निर्माणबाट हात झिकेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी समिति सदस्य चन्द्रबहादुर श्रेष्ठले श्रीलंका सरकारले ठेक्का लगाइसकेपछि सहयोग गर्न नसक्ने जानकारी गराएको बताए ।

स्थानीयले पुरानै शैलीमा मछिन्द्रनाथ मन्दिरको पुनर्निर्माण गर्नुपर्ने माग राखेपछि पुनर्निर्माणको काम रोकिएको थियो ।

त्यसपछि श्रीलंका सरकारले काम गर्न नसक्ने जानकारी गराएको श्रेष्ठको भनाइ छ । प्राधिकरणले मन्दिरको पुनर्निर्माणको काम उपभोक्ता समितिलाई जिम्मा दिएको छ ।

प्राधिकरणले ५ करोड रुपैयाँ रातो मछिन्द्रनाथ मन्दिरको पुनर्निमार्णको लागि बजेट छुट्याएको छ । ०७२ सालमा भुकम्पले भत्काएको रातो मछिन्द्रनाथको मन्दिरको पुनर्निर्माण गत सालमात्रै सुरु भएको थियो ।

सार्वजनिक सुनुवाई

आइतबार ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले ललितपुरमा भूकम्पपछिको पुनर्निर्माणसम्बन्धी सार्वजनिक सुनुवाइ गरेको थियो ।

सुनुवाइमा ललितपुरका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले जग्गाहरु बहुस्वामित्वमा रहेका, दाजुभाइबीच झगडा र शहरी क्षेत्रमा घर बनाउन महंगो पर्नेलगायतका कारणले पुनर्निर्माणले गति नलिएको बताए ।

‘पुरातात्विक सम्पदाहरुको पुनर्निर्माण पनि ढिलो भइरहेको छ । सम्पदाहरुको मौलिकता जोगाउनैपर्ने हुनाले ढिला भइरहेको छ’ उनले भने, ‘निजी आवासमा पनि खासै प्रगति हुन सकेको छैन ।’

भूकम्पपीडित विक्रम शाक्यले शहरी इलाकामा घर बनाउन महंगो भएकोले अनुदान गप गर्नुपर्ने बताए । कार्यक्रममा भूकम्पपीडितले गोरखा जिल्लामा घर भत्किएको र अब अनुदान बापत आउने रकमबाट काठमाडौंमा घर बनाउन पाउने कि नपाउने भनी प्रश्न सोधेकी थिइन् ।

जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका प्रमुख शिवराम गेलालले सरकारले भूकम्प पीडितलाई अनुदान थप गर्न नसकिने बताए । उनले एउटा जिल्लामा भत्केको घर अर्को जिल्लामा बनाउन नमिल्ने पनि जानकारी गराए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?