 
																			२७ माघ, कैलाली । कैलालीको घोडाघोडी बहमुखी क्याम्पसमा विद्यार्थी सङ्गठनले तालाबन्दी गरेका छन् । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनको नाममा क्याम्पसले रकम असुल्न खोजेको भन्दै तालाबन्दी गरिएको स्ववियु सभापति जीवन बिसीले जानकारी दिए।
क्याम्पसले आगामी फागुन १४ गते हुने स्वविय निर्वाचन लागि हालसम्मको बक्यौता रकम तिर्नुपर्ने र थप २ हजार रुपैयाँ तिरेर परिचय पत्र बनाउनुपर्ने बताएपछि विद्यार्थी आन्दोलित भएका हुन् ।
नेपाल विद्यार्थी संघ र अनेरास्वयूले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै क्याम्पसमा तालाबन्दी गरेका हन् ।
बिहीबार क्याम्पस प्रशासनले स्ववियु निर्वाचनको विषयमा छलफल गर्न बैठक बोलाएको थियो । बैठकमा कुनै सहमति हुन सकेन ।
उता क्याम्पस प्रशासनले भने बिहीबार बसेको बैठकले निर्णय गरेको भन्दै हालसम्मको बक्यौता रकम तिर्नुपर्ने र, थप दुई हजार रुपैयाँ तिरेर परिचय पत्र बनाउनुपर्ने भन्दै विद्यार्थीलाई सूचना जारी गरेको थियो ।
उक्त निर्णय नसच्चिएसम्म आन्दोलन जारी राख्ने भन्दै नेविसंघ र अनेरास्वयूले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।
विज्ञप्तिमा क्याम्पसले विविध शीर्षकमा लिँदै आएको ६०० रुपैयाँ हटाउनुपर्ने, स्ववियुबापत काटिएको रकम स्ववियुको खातामा हुनुपर्ने प्रयोगात्मक शुल्क घटाउनुपर्ने, विद्यार्थी वित्तीय कोषको छात्रवृत्तिबाट काटिएको १ हजारको हिसाब सार्वजनिक गर्नुपर्ने, र बक्यौता रकमको विषयमा छलफल गरी समाधान निकाल्नुपर्ने उल्लेख गरिएको छ ।
विद्यार्थीले समाधानको लागि वार्ता टोली पनि गठन गरेका छन् । टोलीमा अनेरास्वयूको तर्फबाट बिराज पाण्डे, मोहन ऐर, कपिल सापकोटा तपेन्द्र पहराई र नेबिसंघको तर्फबाट दिपेन्द्र ढुंगाल भरतकुमार शाही हिक्मत थापा रहेका छन् ।
विद्यार्थीको समस्याप्रति क्याम्पस प्रशासन गम्भीर नभएपछि तालाबन्दी गरिएको वार्ता टोलीका सदस्य बिराज पाण्डेले बताए । ‘प्रशासन अझै हाम्रो मुद्धामा गम्भीर देखिएको छैन,’ उनले भने, ‘समस्या समाधान नहुँदासम्म आन्दोलन जारी रहन्छ ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4