Comments Add Comment

ओस्कर अवार्डका केही रोचक प्रसंग

ओस्कर अवार्ड्सलाई सिनेमा संसारको सबैभन्दा ठुलो सम्मानको रुपमा हेर्ने गरिन्छ । सन् २००० को ओस्कर अवार्डस्मा चलचित्र जोकर सबैभन्दा धेरै ११ विधामा मनोनित हुन सफल भएको थियो ।

‘द आइरिस म्यान’, ‘१९१७’ तथा ‘वन्स अपन अ टाइम इन हलीवुड’ यी त्यस्ता फिल्महरु हुन्, जसले १०-१० वटा विधामा मनोनित भएका थिए ।

यसबाहेक यो अवार्डमा अरु कुराहरु पनि अति नै रोचक भएका छन् । जुन यस प्रकार छन् ।

के ओस्कर सम्मानका बारेमा तथ्यांकले अन्य कुराहरु पनि बताउँछ ?

ओस्कर अवार्ड्सको ९२ वर्ष लामो इतिहासमा पाँच महिलाहरुलाई बेस्ट डाइरेक्टरको क्याटेगरीका लागि मनोनित गरिएको छ ।

केवल एक महिला निर्देशक क्याथरीन बिगेलोवले मात्र ‘द हर्ट लकर’ का लागि ओस्कर जीतेकी छिन् ।

बेस्ट डाइरेक्टर विधामा यो पटक पनि पुरुषहरु नै देखिएका छन् । ग्रेटा गेर्विङ यो वर्ष ‘लिटिल वुमेन’ का लागि मनोनित हुने दौडमा भएता पनि त्यसका लागि सफल भने हुन सकेनन् ।

सन् २०१८ मा उनलाई बेस्ट डाइरेक्टरको विधामा ‘लेडि बर्ड’ का लागि मनोनित गरिएको थियो । बितेका १२ वर्षहरुमा कुनै पनि महिलाहरुले कुनै पनि स्क्रीन प्ले अवार्ड जितेका छैनन् ।

यस वर्षको बेस्ट डाइरेक्टरको मनोनयनको जानकारी दिँदै अभिनेत्री इसा रेले आफ्नो बयानमा भनेकी थिइन्-‘सबै पूरुषहरुलाई शुभकामना ।’

बितेका ९२ वर्षहरुमा कुनै पनि नयाँ महिला निर्देशक अगाडि किन आएनन ?

बेस्ट सपोर्टिङ एक्टर पुरुष विधामा नोमिनेशन औसत उमेर ७१ वर्ष हो ।

५६ बर्षिय ब्राड पिट सबै भन्दा युवा छन्, उनी बाहेक टम ह्याङ्क्स ६३ वर्षका छन् भने जो पेस्सी ७६ वर्षका छन् । त्यस्तै अल पचिनो ७९ र एन्थनी होपकिन्स ८२ वर्षका छन् ।

तर कुनै पनि अभिनेत्रीका लागि मनोनयनको औसत उमेर ४० वर्षको रहेको छ । एउटा सर्वेक्षणका अनुसार हलीवुडले सधै अभिनेताको तुलनामा कम उमेरका अभिनेत्रीहरुलाई प्राथमिकता दिन्छ ।

तपाइर्ंलाई यो कुरा सुनेर आश्चर्य लागेन ? बलीवुडमा पनि यस्तै हुन्छ । बुढा भैसकेका अभिनेताहरु जवान अभिनेत्रीहरुसंग रोमान्स गरिरहेको देखिन्छ ।

विविधता

सन् २०१९ सम्म केवल एउटी ब्लाक (अश्वेत) एक्ट्रेसले मात्र बेस्ट एक्ट्रेस अवार्ड जितेकी छिन् । ती अभिनेत्रि हुन हेली बेरी, जसले सन् २००२ मा उक्त अवार्ड जितेकी थिइन् ।

एक्टिङ विधामा सन् २०२० मा सिन्थिया एरिवो एक मात्र त्यति अभिनेत्री हुन्, जसलाई बेस्ट एक्ट्रेसका लागि मनोनित गरिएको थियो तर उनी पनि गोरी जातिका होइनन् ।

वितेका १० वर्षमा एक्टिङ विधामा २ सय मनोनयनबाट केवल सात काला अभिनेत्रीहरुले मात्र ओस्कर जितेका छन् । हालैका ओस्कर अवार्डमा गोरो वर्णकै वर्चस्व रहेको छ ।

सबै भन्दा धेरै नोमिनेशन

जोन विलियम्सलाई स्टार वार्स द राइज अफ स्काईवर्करमा उनको स्कोरका लागि ५२औं पटक नोमिनेशन प्राप्त भएको छ ।

८७ वर्षिया संगीतकारको नाम कुनै पनि जीवित व्यक्तिलाई सबैभन्दा धेरै पटक नोमिनेशन प्राप्त भएको रेकर्ड राखेको छ ।

स्कारलेट जोनसनलाई यस वर्ष दुई ओस्कर नोमिनेशन प्राप्त भएको छ । पहिलो म्यारिज स्टोरीमा बेस्ट एक्ट्रेस र जोजो र्‍याबिटमा सपोर्टिङ  एक्ट्रेसका लागि । उनी त्यस्ती १२ औं व्यक्तित्व हुन्, जसलाई एकै बर्षमा दुई वटा एक्टिङ नोमिनेशन प्राप्त भएको छ ।

मेरिल स्टि्रपलाई अहिलेसम्म २१ नोमिनेशन प्राप्त भएको छ जस मध्ये तीन पटक त उनलाई उपाधि नै प्राप्त भएको छ ।

परिर्वतनको यस क्रममा नेट फि्लक्सका फिल्महरुलाई यो वर्ष २० भन्दा धेरै नोमिनेशन प्राप्त भएको छ । जसमा म्यारिज स्टोरी, द आइरिश म्यान र द टू पोप्स समावेश छन् ।

आइलिश कम्पोजर अएमएर अएमएर नून ओस्करमा आर्केस्ट्रा गराउने पहिली महिला हुन् ।

पहिलो पटक डाइरेक्टर कपलमा बेस्ट फिल्म अर्वाडका लागि आमने सामने भएका छन् । डाइरेक्टर ग्रेटा गेर्विङ र नोआह बाउमबशलाई बेस्ट फिल्म विधामा एक-अर्का विरुद्ध नोमिनेशन प्राप्त भएको छ ।

उनीहरुले सन् २०११ मा डेटिङ शुरु गरेका थिए र उनीहरुको एउटा सन्तान पनि छ ।

बिबिसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment