Comments Add Comment

कोरोना संक्रमित तीन हजारभन्दा बढी उपचारपछि घर फर्किए

२७ माघ, काठमाडौं । विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले ‘अन्तराष्ट्रिय चासोको जनस्वास्थ्य संकट’ घोषणा गरेको नोवेल कोरोना भाइरसबाट संक्रमित ३ हजार ४६६ जना उपचारपछि घर फर्किएका छन् । सोमबार मध्यान्हसम्ममा ३ हजार ४२२ जना संक्रमित उपचारपछि घर फर्किएका हुन् ।

थाइल्याण्डका ३२ मध्ये १० जनालाई चिकित्सकले घर फर्कन अनुमति दिएका हुन । एक/एक जना संक्रमित रहेका श्रीलंका, कम्बोडिया र फिनल्याण्डका बिरामी पनि निको भइसकेका छन् ।

नेपालमा चीनबाट फर्किएका एक जनामा यसको संक्रमण देखिएको थियो ।

९१० को मृत्यु

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसका कारण ९१० जनाको मृत्यु भइसकेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।  फिलिपिन्स र हङकङका एक/एक जनाको ज्यान गएको छ भने बाँकी मृतक सबै चीनका हुन् ।

२८ देशमा पुगेको यो भाइरसबाट ४० हजार ६२८ जना संक्रमित भइसकेका छन् । उनीहरू मध्ये साढे ६ हजार मात्रै गम्भीर छन् ।

यो पनि पढ्नुहोस चीनबाट ल्याइने विद्यार्थीको निगरानीमा ६० जना स्वास्थ्यकर्मी खटाइने यो पनि पढ्नुहोस नेपालीलाई ल्याउन फागुन ३ गते वाइडबडी चीन जाने यो पनि पढ्नुहोस खरिपाटी क्वारेन्टाइन ! (भिडियोसहित) यो पनि पढ्नुहोस वुहानका नेपालीको उद्धारका ‘मुख्य मापदण्ड’ पूरा गर्नै बाँकी !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment