Comments Add Comment

टुबोर्ग ओपन सेसन्स् सिजन २ मा मोक्तान परिवारको ‘माटोको माया’ सार्वजनिक

नेपाली सांगीतिक क्षेत्रका निकै लोकप्रिय मोक्तान परिवारले नयाँ गीत ‘माटोको माया’ टुबोर्ग ओपन सेसन्स् सिजन २ मा सार्वजनिक गरेका छन् ।

गायन तथा संगीतमा अब्बल शिला बहादुर मोक्तान, कुन्ती मोक्तान , छोरीहरु सुवानी मोक्तान र शितल मोक्तानले उक्त गीत गाएका हुन् । यस गीतका शब्द पुर्ण रावलले लेखेका हुन् भने एरेन्ज मन्जिल विक्रम केसी र अडियो सुपरभाईज मनोज कुमार केसीले गरेका हुन् ।

टुबोर्ग र च्यानल आरबिट्ररीले सञ्चालन गरेकोे ‘टुबोर्ग ओपन सेसन्स् २’ एक युट्युब सिरिज हो जसमा, विभिन्न प्रसिद्ध कलाकारको स्टुडियोमा प्रत्यक्ष रेकर्ड गरिएको प्रस्तुतिहरु पेश गरिन्छ । यसै क्रममा ओपन सेसन्स्को लोकप्रियता र उद्देश्यलाई मध्यजनर गर्दै मोक्तान परिवारले यस माध्यम मार्फत गीत सार्वजनिक गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment