Comments Add Comment

पर्सामा ८५ हजार बालबालिकालाई दादुरा रुबेलाको खोप लगाउने लक्ष्य

२७ माघ, वीरगञ्ज । पर्सा जिल्लामा ८५ हजार ९ सय ५१ जना बालबालिकालाई दादुरा रुबेलाको खोप लगाइने भएको छ । दादुरा रुबेला खोप अभियानका क्रममा ९ महिनादेखि ५ वर्ष मुनिका ८५ हजार ९ सय ५१ जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको हो । तीन चरणमा सञ्चालन गरिने खोप अभियानका लागि ८ सय ६३ वटा खोप केन्द्र र मोबाइल टोली र १ हजार ७ सय ४६ जना स्वयंसेवक समेत परिचालन गरिने जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

जनस्वास्थ्य कार्यालय पर्साले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै फागुन महिनामा सञ्चालन गरिने खोप अभियानका बारेमा जानकारी गराएको हो । दादुरा रुबेलाको खोप सँगसँगै तराईका १९ जिल्लामा जन्मेदेखि ५ वर्ष मुनिका बालबालिकालाई पोलियो थोपा खुवाउने कार्यक्रम समेत राखिएको छ ।

सन् २०१६ मा दादुरा रुबेला खोप अभियान सञ्चालन गरेपछि पर्सामा २०१७ मा दादुरा रुबेलाका बिरामी भेटिएका थिएनन् । त्यसपछि सन २०१८ मा ६ जना र सन २०१९ मा ३ जना दादुरा रुबेलाका बिरामी भेटिएका थिए । दक्षिण एशियामा सन २०२३ सम्मा दादुरा रुबेला रोग निवारण गर्ने लक्ष्य छ । नेपालले सन २०१९ मा दादुरा रुबेला शुन्यमा झार्ने लक्ष्ये लिएपनि पुरा हुन नसकेपछि दक्षिण एशियाकै लक्ष्य अनुसार अघि बढ्ने तयारी गरेको छ । दक्षिण एशियाका श्रीलंका, भुटान, माल्दिभ्स, दक्षिण कोरिया, रिमोर लिष्टले दादुरा रुबेला नियन्त्रण गरिसकेका छन् ।

खोप सुपरभाइजर अनिल सिंहले नेपालमा ३ सय ६६ वटा केश फेला परेकोमा प्रदेश नं २ मा ४१ प्रतिशत अर्थात १ सय ५० वटा रहेको जानकारी दिए । उनले सबै पक्षको सहयोग पाए मात्रै अभियान सफल हुनुको साथै पर्सा जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्न सकिने उनको भनाइ छ ।

जनस्वास्थ्य कार्यालय प्रमुख कामेश्वर चौरसियाले खोप अभियानसँगसँगै नियमित खोपलाई समेत प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । बालबालिकालाई सरकारले १५ महिनाभित्र निशुल्क दादुरा रुबेला लगायत ११ वटा रोगकाविरुद्ध खोप नजिकको स्वास्थ्य संस्थामा नियमित लगाउन सकिने गरी व्यवस्था गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment