
२८ माघ, काठमाडौं । ललितपुर जिल्ला अदालत परिसरमा एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो १०९ औं विस्तारित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सेवाको उद्घाटन ललितपुर जिल्ला अदालतका माननीय मुख्य न्यायाधीश महेन्द्रबहादुर कार्कीले गरे ।
मंगलबार आयोजित उक्त कार्यक्रममा ललितपुर जिल्ला अदालतका माननीय न्यायाधीश एवं पदाधिकारीज्यूहरू तथा बैंकका उच्च पदस्थ पदाधिकारीहरूको उपस्थिती थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृतसुधिर नाथ पाण्डेले अदालत परिसरमा विस्तारित काउण्टर सञ्चालनमा आएसँगै अदालतमा आउनुहुने सेवाग्राहीलाई अदालती शुल्कका साथै दस्तुर बुझाउन र आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने र यस बैंकको बैंकिङ सेवा देशका हरेक कुना कन्दरामा पुर्याउने बैंकको अथक यात्रा जारी रहेको जानकारी गराए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4