Comments Add Comment

कोरोना भाइरसपछि गुगलमा कोरोना बियरको तीव्र खोजी

अहिले कोरोना भाइरसले ठूलै आतंक सिर्जना गरेको छ । विश्वमा कोरोना नाम केवल भाइरसको मात्र छैन । कोरोना नामको वियर तथा कारलगायतका ब्राण्डहरु पनि छन् ।

एकातर्फ विश्वमा कोरोना भाइरसले जनजीवन आतंकित बनाइरहेको छ भने अर्कोतर्फ इन्टरनेटमा कोरोना बियरकोे खोजी बढेको छ ।

अर्थात् कोरोना भाइरसको संक्रमण बढेसँगै गुगल सर्चमा कोरोना बियरको खोजी ह्वात्तै बढेको छ ।

फक्स न्यूजका अनुसार गुगल सर्च इन्जिनमा पछिल्लो दिनमा corona beer virus भन्ने शब्दावलीको खोजी उल्लेखनीय रूपमा बढेको छ ।

यसले मानिसहरू कोरोना भाइरस र बियरको लोकप्रिय ब्राण्ड कोरोनाको नाममा झुक्किएको देखिन्छ । कोरोना भाइरससँगै मानिसहरुमा कोरोना बियरप्रतिको कौतूहलता बढेको पनि हुनसक्छ ।

गुगल सर्चमा corona beer virus  खोजी गर्नेमा पूर्वी युरोपेली मुलुक इस्टोनिया सबैभन्दा अगाडि देखिएको छ ।

गुगल सर्चमा मानिसहरु कोरोना भाइरस र कोरोना बियरको बीचमा झुक्किएपछि कतिपय इन्टरनेट प्रयोगकर्ताहरुले सोसल मिडियामा भाइरस र बियरबीचको फरक छुट्टाउँदै सचित्र व्याख्या समेत गर्न थालेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment