Comments Add Comment

राजकुमार बन्ने होडबाजीमा सरोज, जिवेश, सहिन र कुशल

‘म राजकुमार’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक गरिएको भिडियोमा वेभ सिरिजका लोकप्रिय कलाकार र कार्टुन्ज क्रुलाई एकसाथ प्रस्तुत गरिएको छ ।

सहिन प्रजापतिको निर्देशनमा बनेको भिडियोमा जिवेश गुरुङ, सहिन प्रजापति र कुशल विष्ट, सुनिशा बजगाईंसँगै कार्टुन्ज क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्मालाई फिचर्ड गरिएको छ । भिडियोमा राजकुमार बन्न गरिरहेको होडबाजीलाई देखाइएको छ ।

राष्ट्रिय निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाको शब्द रहेको यस गीतमा महेन्द्र तिमिल्सीनाको स्वर तथा दीपक शर्माको संगीत सुन्न सकिन्छ । उदयराज पौडेलले एरेन्ज गरेको गीतलाई श्यामस्वेत रसाईलीले मिक्सीङ गरेका हुन् ।

बालकृष्ण ओलीको संयोजनमा तयार भएको भिडियोलाई नवराज उप्रेतीले खिचेका छन् । अमन मानन्धरको सम्पादन गरेको भिडियोमा रेनीश फागोको रंग संयोजन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment