Comments Add Comment

चीनबाट फर्किएका एक विद्यार्थी सेती अस्पतालमा भर्ना

कोरोनाको आशंकामा नमुना संकलन

२९ माघ, कैलाली । चीनबाट फर्किएका एक युवक कैलालीको सेती प्रादेशिक अस्पतालमा भर्ना भएका छन् । केही समयअघि चीनबाट फर्किएका एक विद्यार्थी अस्पताल भर्ना भएको सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले बताए ।

सामान्य ज्वरो र घाँटी दुख्ने समस्या देखिएको भन्दै बुधबार उनी अस्पताल भर्ना भएको डा.पाण्डेले जानकारी दिए ।

चीनबाट फर्किएको हुँदा कोरोना भाइरस सङ्क्रमण भएको आशंकामा नमुना संकलन गरी काठमाडौँ पठाउने तयारी भइरहेका डाक्टर पाण्डेले बताए ।

‘ज्वरो आएपछि उहाँ अस्पतालभर्ना हुनु भएको छ,’ उनले भने, ‘चीनबाट फर्किएको हुँदा हामी पनि गम्भीर छौँ । नमुना संकलन गरेका छौँ । भोलि विहानै नमुना काठमाडौं पठाउने तयारी भएको छ ।’

छिमेकी मुलुक चीनमा कोरोना भाइरस फैलिएपछि सुदूरपश्चिम प्रदेशमा पनि उच्च सतर्कता अनाइएको छ । चीन र भारत दुवै देशसँग नाका जोडएका कारण यहाँका दुई अस्पतालमा कोनोरा भाइरसको लागि छुट्टै उपचार कक्ष तयार गरिएको छ ।

कैलालीको सेती प्रादेशिक अस्पताल र कञ्चनपुरको महाकाली अस्पतालमा छुट्टै टोली खटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment