Comments Add Comment

‘लभ डायरीज’ प्रिमियरमा रुविनाको तारिफ

भोली शुक्रबारबाट रिलिज हुन लागेको चलचित्र ‘लभ डायरीज’को प्रिमियर शो सम्पन्न भएको छ । बुधबार काठमाण्डौको बिग मुभिजमा चलचित्रको प्रिमियर शो आयोजना गरिएको थियो । प्रिमियर शोमा चलचित्रकर्मी, पत्रकारको बाक्लो उपस्थिती थियो ।

प्रिमियर शोमा उपस्थित धेरैले चलचित्रलाई राम्रो प्रतिक्रिया दिएका छन् । डेब्यु निर्देशक सौरभ चौधरीको कामलाई पनि धेरैले राम्रो भनेका छन् । यस्तै, यो चलचित्रको क्लाइमेक्सलाई पनि रुचाइएको छ ।

यो चलचित्रबाट डेब्यु गरेकी नायिका रुविना थापाको भने धेरैले तारिफ गरेका छन् । रुविनाको अभिनय र हाउभाउलाई धेरैले रुचाएका छन् । डेब्यु चलचित्र भए पनि रुविनाले उत्कृष्ट काम गरेको धेरैको प्रतिक्रिया थियो ।

प्रिमियर शोमा कलाकारहरु भुवन केसी, शिव श्रेष्ठ, झरना थापा, केकी अधिकारी, प्रमोद अग्रहरी, निराजन प्रधान, निर्देशक सुदर्शन थापा, नवल नेपाल, विशाल भण्डारी लगायत हलमा पुगेका थिए ।

सौरभ चौधरीको निर्देशनमा बनेको यो चलचित्रमा रुविनासँगै सुशिल श्रेष्ठ, विश्वजित रिमालको मुख्य भूमिका छ । साहिल खान एसोसियट निर्देशक रहेको चलचित्रलाई विनोद सापकोटाले निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment