Comments Add Comment

दीपकले कसलाई भने ‘फटाहा कुरा नगर्नुहोस्’ ?

निर्माता तथा कलाकार दीपकराज गिरीले एक निर्मातालाई फटाहा कुरा नगर्न आग्रह गरेका छन् । सामाजिक संजालमा स्टाटस लेख्दै उनले भनेका छन्–‘यस बर्ष रिलिज भएको एक चलचित्रका निर्माताले अन्र्तवार्तामा आफ्नो चलचित्रले १८ करोड व्यापार गरेको दाबी गरेछन् । यस्तो फटाहा कुरा नगर्नुहोस् । भोली कर कार्यलयले भ्याट कती वुझाउनु भयो भनेर प्रश्न गर्यो भने के गर्नुहुन्छ ?’

दीपकले अगाडि लेखेका छन्–‘संकटमा भएको उद्योगलाई झन् संकटमा किन पार्नुहुन्छ ? ९ करोड हो भने ९ करोड भने भैगोनी । गलत डाटा दिएर अनावश्यक आँखाको तारो नहोऔ ।’

दीपकले चलचित्रको व्यापार ९ करोड भएपनि निर्माताले १८ करोड भनेर गलत आँकडा दिएको उल्लेख गरेका छन् । यो बर्ष रिलिज भएका चलचित्रमा ‘जात्रै जात्रा, कबड्डी ३ र छक्का पन्जा’ले मात्र लोभलाग्दो कमाई गरेका थिए । दीपकको यो स्टाटस ‘कबड्डी ३’का निर्मातामाथि लक्षित रहेको वुझ्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment