Comments Add Comment

तीन देशका राजदूतबाट राष्ट्रपति समक्ष ओहदाको प्रमाणपत्र पेश

१ फागुन, काठमाडौं । नेपालका लागि विभिन्न तीन देशका राजदूतहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बिहीबार ओहदाको प्रमाणपत्र पेश गरेका छन् ।

राष्ट्रपति कार्यलय शितलनिवासमा भएको एक समारोहमा नेपालका लागि गणतन्त्र आयरल्याण्डका राजदूत ब्रेन्डन वार्ड, गणतन्त्र अर्मेनियाका राजदूत अर्मेन मर्तीरोस्यान र आइसल्याण्डका राजदूत गुडमुन्दुर अर्नी स्टेफेन्सनले आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेका हुन् ।

समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली लगायत नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment