Comments Add Comment

कोरोना भाइरसका बारेमा चीनले केही कुरा लुकाइरहेको छ ?

चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म एक हजार भन्दा बढी मानिसको मृत्यु भैसकेको छ भने यो भाइरसबाट ४२ हजारभन्दा बढी मानिसहरु संक्रमित भैसकेका छन् । कोरोना भाइरसको रोकथामका लागि चीन सरकारले विभिन्न कदमहरु चालिरहेको छ, तर पारदर्शिता नहुँदा त्यसको भूमिकाप्रति नै विभिन्न प्रश्न चिन्हहरु उत्पन्न हुन थालेका छन् ।

अमेरिकी सांसद टम कटनले कोरोना भाइरस फैलनका लागि चीनको कम्युनिस्ट पार्टीलाई जिम्मवार ठहर्‍याएका छन् । अमेरिकी सांसदले भनेका छन्-‘यो भाइरस मानव निर्मित जैविक हतियार नै हुनसक्छ । जुन सम्भवतः वुहान इन्स्टिच्युट अफ भाइरलोजीबाट लीक भएको हो ।’ टम कटनले चिनियाँ प्रशासनलाई आफ्ना दावीलाई गलत प्रमाणित गर्नका लागि चुनौती पनि दिएका छन् ।

कोरोना भाइरसको उत्पत्ति भएको पहिलो दिनदेखि लिएर संक्रमण फैलनुसम्म चीनको भुमिका कतै न कतै शंकास्पद रहेको छ । चीनले शुरुवातमा कोरोना भाइरस चीनको वुहान शहरको माछा बजारबाट फैलिएको दावी गरेकेा थियो । तर, सम्पूर्ण बयानहरुले यो दाबीलाई नकारेको पाइन्छ । चिनियाँ अधिकारीहरु पनि अहिलेसम्म आफुहरु पनि भाइसरको उत्पत्तिप्रति आश्वस्त छैनन्, जसका कारण अमेरिकी सांसद कटन समेत विभिन्न वैज्ञानिकहरुले त्यस्तो शंका गरेका हुन । केही समय अगाडि चीनको जीन एडिटिङप्रति प्रश्न उठेको थियो ।

चीनले यो भाइरसबाट मृत्यु हुनेको तथ्यांक पनि लुकाएको मानिसहरुले शंका गरेका छन् । द इपोच टाइम्सका अनुसार चीनको वुहानमा यति धेरै लासहरु आइरहेका छन्, जसलाई व्यवस्थित गर्नका लागि शव दाह गृहहरुमा मजदुरहरु दिनरात काम गरिरहेका छन् ।

यस बाहेक सामाजिक सञ्जालहरुमा पनि धेरै त्यस्ता भिडियोहरु भाइरल भएका छन्, जसबाट कोरोना भाइरसबाट उत्पत्ति भएको स्थिति चीनको नियन्त्रणबाट बाहिर हुँदै गएको थाहा हुन्छ ।

धेरै अधिकारीहरुले सार्वजनिक स्थलहरुमा ठुलो संख्यामा स्प्रे गरिरहेका छन् भने संक्रमणको शंकामा सम्पूर्ण मानिसहरुलाई एउटा भिन्दै क्याम्पमा पठाइरहेका छन् । यी क्याम्पहरुमा मानिसहरुलाई आवश्यक पर्ने मेडिकल सुविधाहरु पर्याप्त मात्रामा पनि दिइएको छैन ।

एउटा भाइरल भएको भिडियोमा चिनियाँ स्वास्थ्य अधिकारीले संक्रमण फैलने डरले एउटा महिला र उनका पार्टनरलाई एउटा डब्बामा जबर्जस्ती बन्द गर्दै गरेको देखिन्छ भने अर्को भिडियोमा केही अधिकारीहरुले अपार्टमेन्टबाट मानिसहरुलाई जबरजस्ति  घिर्सादै लगिएको देखिन्छ ।

अमेरिकी सांसद टम कटनलाई यी कारणहरुले गर्दा पनि चीनको मनशायमा  शंका भएको हो । अमेरिका सैन्य नेताहरुका अगाडि उनले दिएको भाषणमा उनले वुहानको प्रयोगशालालाई सुपर ल्याबोरेटरी भनेका छन् । उनका अनुसार यो भाइरस त्यही ल्याबमा जैविक हतियार बनाउनका लागि भैरहेको कुनै प्रयोगको भाग हो ।

अमेरिकी सांसदले यस बिषयमा बोल्दै भने -‘शुरुवाती ४० केशहरुमध्ये १४ जनाको सीफूडसंग कुनै किसिमको सम्बन्ध नै थिएन । म यो भन्न चाहन्छु, वुहान चीनको एक्लो जैवसुरक्षाको लेन्स लेभर-४ को सुपर ल्याब हो, जहाँ विश्वका खतरनाक भाइरसहरुमाथि पनि काम हुन्छ र यसमा कोरोना भाइरस पनि समावेश हुन सक्छ ।’

‘चीनमा ६ करोड मानिसहरुलाई भिन्दा-भिन्दै गरी बन्दी बनाइ राखिएको छ । यो जनसंख्या हाम्रो वेस्ट कोस्टको जनसंख्या भन्दा पनि बढि छ । उनीहरुले स्कूल बन्द गरिदिएका छन् । हङकङंले मुख्य भूमि चीनका लागि यात्रामा प्रतिबन्ध लगाइदिएको छ । अब हामीले पनि चीन र अमेरिकाबीचको सबै कर्मशियल फ्लाइटहरुलाई बन्द गरिदिनु पर्छ’ सांसद कटनले आफ्नो ट्वीटमा लेखेका छन् ।

अमेरिकी सांसदका अनुसार डा. लीले आफ्नो देश र संसारलाई कोरोना भाइरसबाट बचाउने कोशिश गरेका थिए तर चीनको कम्युनिस्ट पार्टीले उनलाई चुप गराइदिए । अब उनको हात डाक्टरको रगतले रंगिएको छ । ‘हामी चीनको कम्युनिस्ट पार्टीमा पारदर्शिता दर्शाउनेप्रति दबाव दिन आवश्यक छ । यो खतरनाक रोगको बारेमा सबैभन्दा पहिलो आग्रह गर्ने डाक्टरलाई साँचो श्रद्धाञ्जलि दिन सकियोस्, सांसदको भनाइ छ ।

यदि कोरोना भाइरस वुहानको ल्याबबाट लीक भएको हो भने यो पहिलो केश होइन । यो भन्दा पहिला पनि चीनको ल्याबबाट धेरै खतरनाक भाइरस फैलिसकेका छन् । सन् २००४ मा बेइजिङ इन्स्टिच्युट अफ भायरलजीबाट सार्स लीक भएको थियो, जुन सर्वेक्षणकर्ताहरुले बीरामीमा प्रयोग गरिरहेका थिए । त्यस क्रममा ल्याबका दुई टेक्निसियन संक्रमित भएका थिए र पछि उनीहरुबाटै अरुहरुमा पनि सार्स फैलियो ।

चिनियाँ अधिकारीको खण्डन

त्यसो त चिनियाँ अधिकारीहरुले अमेरिकी सांसदको दावीलाई पुरै तरिकाले खण्डन गरेका छन् । अमेरिकामा चिनियाँ राजदूत कुई टियानकईले टम कटनको सुझावलाई ‘क्रेजी’ भनेका छन् । त्यसो त उनले के कुरा स्विकारे भने उनको सरकारलाई भाइरसको उत्पत्ति कहाँबाट भयो भन्ने कुराको जानकारी नै छैन ।

कोरोना भाइरसको संक्रमण केन्द्र भनिएको हुनान सीफूड मार्केटभन्दा थोरै दुरीमा नै वुहान इन्टिच्यूट अफ वायरलोजी नेशनल बायोसेफी ल्याब रहेको छ, जसले इबोला, निपाह तथा अन्य घातक भाइरसहरुमाथि रिसर्च गर्छ । वुहान नेशनल बायोसेफ्टी ल्याबोरेटरी हुनान सीफूड मार्केबाट केवल ३२ किलोमिटरको दुरीमा छ र उक्त ल्याब लेभल-४ सर्टिफाइड पनि हो ।

यसअघि अनलाइन पोर्टनल ग्रेटगेमइन्डियाको परिक्ष्ँणमा पनि भाइरसको उत्पत्ति क्यानडा तथा चिनियाँ बायोलोजिकल वारफेयर प्रँेग्रामका दुई एजेन्टलाई जोडेर हेरिएको थियो । त्यसो त, अहिलसम्म कोरोना भाइरसको उत्पत्ति चीनको नै कुनै गलत प्रयोगको नतीजाका कारण भएको हो भन्ने कुराको कुनै प्रमाण छैन ।

मार्च २०१९ मा क्यानडाको एनएमएल ल्याबको भाइरसले भरिएको रहस्यमयी जहाज चीनमा देखिएको थियो । उक्त घटनापछि बायोफेयर विशेषज्ञहरुले क्यानडाले चीनलाई उक्त खतरनाक भाइरस किन पठाइरहेको छ भन्ने सवाल उठाएका थिए । एनएमएल ल्याबका वैज्ञानिकहरुले भनेका थिए-‘यो घातक भाइरस निकै नै शक्तिशाली जैविक हतियार हुनसक्ने छ ।’

परिक्ष्ँणबाट के पत्ता लागेको थियो भने उक्त घटना एनएमएल ल्याबमा काम गरिरहेका चिनियाँ एजेन्टहरुसंग सम्बन्धित थियो । चार महिनापछि नै जुलाई २०१९ मा क्यानडाको नेशनल माइक्रोबायोलोजी ल्याबले जबर्जस्ती चीनको वायरलोजिस्टको एक समूहलाई पनि निकालिदिएको थियो । स्मरणीय कुरा के छ भने एनएमएल ल्याब क्यानडाको एक मात्र लेभल-४ ल्याब हो । यो उत्तर अमेरिकामा विश्वकै खतरनाक रोगहरु इबोला, सार्स, कोरोना भाइरसल आदिमाथि रिसर्च गर्नका लागि छनोट गरिएको प्रमुख प्रयोगशालाहरु मध्येको एक हो ।

जर्जटाउन यूनिभर्सिटिका न्यूरो प्रोफेसर तथा अमेरिकाको स्पशेल अपरेशन कमाण्डका बायोवारफेयरका सिनियर फेलो जेम्स गियारडानो भन्छन्-‘चीनमा बायोसाइन्समा बढ्दो लगानी तथा जीन एडिटिङको प्रसंगमा नैतिक मूल्य-मान्यताहरुको उलंंघनले के कुराको शंका बढाउँछ भने चीन आफ्नो प्रयोशशालाहरुलाई नै हतियार बनाइरहेको छ । यसबाहेक चीनले के पनि कोशिस गरिरहेको छ भने उसले त्यस्तो उपचार अथवा भ्याक्सिन निर्माण गरोस्, जुन विश्वभरीमा केवल चीनसंग मात्र होस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment