Comments Add Comment

कोरोनासँग लड्न जापानले बाँड्यो २ हजार आइफोन

चीनबाट सुरु भएको कोरोना भाइरसका कारण अहिले विश्व नै त्रसित छ । अहिलेसम्म कोरोनाबाट १५०० बढीको मृत्यु भइसकेको छ भने ६५ हजार मानिस भाइरसबाट संक्रमित छन् ।

कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि विश्वका विभिन्न देशहरूले विभिन्न खालका उपायहरू अपनाइरहेका छन् । जापानी अधिकारीहरूले चाहिँ पानीजहाजमा रहेका यात्रुहरूका लागि आइफोन बाँडेका छन् ।

उक्त क्रूजशिपमा रहेकामध्ये केही मानिसहरूमा कोरोनाका संक्रमण देखिएको थियो । त्यसैले त्यहाँ रहेका अन्य व्यक्तिहरूलाई त्यससम्बन्धी अपडेट दिनका लागि आइफोन बाँडिएको हो ।

डायमण्ड प्रिन्सेस क्रूजशिपमा यात्रारत् केही व्यक्तिहरूमा कोरोना भाइरसको संक्रमण देखिएको जापानको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । कुल ७ सय ७१ जनाको जाँच गर्दा २ सय २८ जनामा कोरोना देखिएको थियो ।

त्यसमध्ये ३२ जना अमेरिकी नागरिक छन् । उक्त जहाजमा ३ हजार ७ सय मानिस थिए । उनीहरूलाई सामूहिक रूपमा २ हजार आइफोन वितरण गरिएको हो ।

यात्रुहरूलाई बाँडिएका आइफोनमा एक विशेष खालको एप इन्स्टल गरिएको थियो जसको सहयोगले यात्रुहरूले स्वास्थ्य मन्त्रालयको पछिल्लो अपडेट तथा समाचारहरू प्राप्त गर्न सक्दथे ।

यात्रुहरूलाई कुनै पनि खालको समस्या नहोस् र आवश्यक पर्दाको बखत तुरुन्तै सहयोग प्राप्त गर्न सकून् भन्नका लागि पनि आइफोन बाँडिएको हो । आइफोनमा रहेको एपमार्फत यात्रुहरूले आफूलाई मानसिक तनाव भएको बेला सीधै मानसिक रोग विशेषज्ञ तथा परामर्शकर्तासँग छलफल गर्न सक्दछन् । साथै डाक्टरसँग भेटको समय लिने र औषधि अर्डर गर्ने काम पनि उक्त एपबाट गर्न सकिन्छ ।

एजेन्सीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment