Comments Add Comment

यू १९ दुईदिवसीय क्रिकेटको उद्घाटनमा जीएससीए र एचसीए भिड्ने

४ फागुन, काठमाडौं । हिमालय स्पोर्टस् म्यानेजमेन्टको आयोजनामा सोमबारदेखि शुरु हुने यू १९ दुई दिवसीय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएचसीए) र हिमालय क्रिकेट एकेडेमी (एचसीए) भिड्ने भएका छन् ।

आयोजकले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउँदै खेल तालिका सार्वजनिक गरेको छ । जसअनुसार उद्घाटन खेलमा समूह बी मा रहेका जीएचसीए र एचसीए भिड्ने जनाएको छन् । उद्घाटन खेल मूलपानी क्रिकेट मैदानमा सोमबार हुनेछ । खेल बिहान ९ बजे शुरु हुनेछ ।

यस समूहमा जीएचसीए र एचसीएसंगै नेक्सस क्रिकेट एकेडेमीसमेत रहेको छ । कूल ६ टोली सहभागी रहेको प्रतियोगिताको समूह ए मा काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटीसी), बालुवाटार क्रिकेट क्लब  र ओसिस क्रिकेट एकेडेमी रहेका छन् ।

दुवै समहूको विजेताले प्रतियोगिताको फाइनलमा स्थान बनाउनेछन् । फाइनल खेल फागुन १८ र १९ गते हुनेछ ।

१४ दिन सञ्चालन हुने प्रतियोगितालाई नेपाल क्रिकेट संघ क्यानले प्राविधिक सहयोग गर्ने आयोजकले जनाएको छ ।

याव खेलाडीहरुलाई पनि लामो ढाँचाको क्रिकेटमा अभ्यस्त गराई माथिल्लो स्तरको क्रिकेटमा पुग्न सहयोग पुर्‍याउने उदेश्यका साथ यो प्रतियोगिता आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उपविजेता टिमले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितालाई अर्किड कलेजको मुख्य प्रायोजन गरेको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बललर र उदयीमान खेलाडीलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment