Comments Add Comment

रौतहटमा हुने महायज्ञमा राष्ट्रपति जाने

४ फागुन, रौतहट । रौतहटको मौलापुरमा हुने मधानी महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । मौलापुर नगरपालिका ५ पतौरामा हुने महायज्ञको आइतबार कलशयात्रा गरिएको छ ।

पतौरामा रहेको पुरातात्विक महादेव मन्दिरको प्राङ्गणमा हुने महायज्ञमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने आयोजकले जानकारी गराएको छ । आइतबार आयोजित पत्रकार सम्मलेनमा रौतहट क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्य प्रभु साहले महायज्ञमा लाखौं भक्तजन आउने बताएका छन् ।

रौतहटमा पहिलो पटक हुन लागेको धार्मिक मदनी महायज्ञको लागि व्यवस्थापकीय, भौतिक तयारीका काम अन्तिम चरणमा पुगेको उनले बताए । राष्ट्रपति विद्या भण्डारीबाट फागुन ६ गते मन्दिर प्राङ्गणमा विषेश पूजा हुने र सो पूजामा पशुपतिनाथ मन्दिरका मूल भट्टद्वारा मन्त्रोच्चारण गराई विशेष पूजा गर्ने कार्यक्रम रहेको छ ।

महायज्ञमा फागुन ४ गते शिवलिला प्रदर्शन, ५ गते महायज्ञ शुभारम्भ तथा नेपाली कलाकारहरुको सांस्कृतिक प्रस्तुतिको कार्यक्रम छ ।

शिवरात्रीको दिनसम्म चल्ने महायज्ञमा नेपाल र भारतका गरेर ५ लाख भन्दा बढी श्रद्धालु भक्तजन आउने अनुमान गरिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment