+
+
Shares

सिंहदरबारभित्र यसरी बन्दैछ संसद भवन (फोटो फिचर)

सभामुख सापकोटाले गरे निरीक्षण

आर्यन धिमाल आर्यन धिमाल
२०७६ फागुन ४ गते १८:४७

४ फागुन, काठमाडौं । सि‌ंहदरबारभित्र हाल संघीय संसदको नयाँ भवन धमाधम निर्माण भइरहेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले आइतबार सिंहदरबारमा निर्माणाधीन संघीय संसद भवनको अनुगमन र निरीक्षण गरेका छन् ।

त्यस क्रममा उनले आयोजना निर्माण पक्षलाई समयमै भवन निर्माण सक्न र गुणस्तरीयतामा ध्यान दिन निर्देशन दिएका उनको सचिवालयले जनाएको छ ।

सभामुखसँगको निरीक्षण टोलीमा संसद सचिवालयका कर्मचारीहरु र भवन निर्माण विभागका पदाधिकारीहरु संलग्न थिए ।

३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यकासाथ संघीय संसद भवन निर्माण कार्य भइरहेको छ ।

हाल संघीय संसदको दुबै सदन प्रतिनिधिसभा र राष्ट्रियसभा भवन अभावका कारण नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भाडामा सञ्चालन भइरहेको छ ।

 

हेर्नुहोस् तस्वीरहरु

 

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?