+
+
Shares

कोका–कोलाको नयाँ अभियान ‘साथ जोडौँ खानासँगै सम्बन्धहरूलाई’

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ४ गते १९:०३

४ फागुन, काठमाडौं । कोकाकोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ।

यस वर्ष मोःमोःउत्सव मःम भन्दा पर अझै विभिन्न परिकारका नेपाली खानाहरूको उत्सव मनाउँदैछ। यो अभियानको ट्यागलाइन ‘खाना जे होला स्वाद बढाउन कोका–कोला’ रहेको छ, जसको अर्थ खाना जे भएपनि कोका–कोलाले त्यसको स्वाद बढाएर कुनै पनि क्षणहरूलाई उत्सवमा परिवर्तन गर्दछ।

यो टिभीसीले कोक उपभोक्ताहरूलाई खाना खाने समयमा उनीहरूको साथीहरू र परिवारसँग जोड्ने प्रयास गरेको छ। यसले नेपालीहरूलाई आफ्ना प्रियजनहरूसँग कोकको साथ सामान्य भोजनलाई रमाइलो खानामा परिणत गर्न प्रेरित गर्दछ।

‘हाम्रो नयाँ क्याम्पेन खाना जे होला स्वाद बढाउन कोका–कोलाले नेपाली संस्कृतिमा खानाको महत्व बुझेर उपभोक्ताहरूलाई मनमा राखेका छौं,’ यस क्याम्पेनका बारेमा कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने ‘नयाँ टिभीसीमा खाना खान भन्दा पनि भोजनलाई कसरी आफ्ना प्रियजनहरूसँग स्मरणीय क्षणमा परिणत गर्न सकिन्छ भनेर देखाइएको छ। यसले सबैलाई जोडेर एकअर्कासँग रमाइलो कुराकानी गर्न लक्षित गरेको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?