+
+
Shares

जनकपुरमा महिलामाथि सामूहिक बलात्कार, भारतीयसहित दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ५ गते १४:२७

५ फागुन, जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामको मुख्य बजारमै एक जना महिलाको सामूहिक बलात्कार भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका-४ विश्वकर्मा चोकमा सोमबार ३५ वर्षीया महिलामाथि सामूहिक बलात्कार गरिएको प्रहरीले जनाएको छ ।

३५ वर्षीया महिलालाई आफ्नो कोठामा लगेर सामूहिक बलात्कार गर्ने दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका-७ का २५ वर्षीय नरेश महतो र भारत बिहार मधुवनी कलुवाहीका ४९ वर्षीय राघवेन्द्रप्रसाद सिंह रहेको प्रहरी निरीक्षक अशोक झाले जानकारी दिए ।

झाका अनुसार जनकपुर क्षेत्रकै ती महिलालाई दुवै जनाले आफ्नो कोठामा लगेर सामूहिक बलात्कार गरेका थिए । दुवै जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक झाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?