+
+
Shares

बुटवलमा हाप्किडो रेफ्री सेमिनार तथा डन बेल्ट टेष्ट प्रशिक्षण सुरु

खेलकुदलाई हेर्ने दृष्टिकोणमा क्रमशः परिवर्तन : सभामुख घर्ती

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ५ गते १७:२५

५ फागुन, बुटवल । नेपाल मार्सल आर्ट्स हाप्किडो संघले सोमबारदेखि बुटवलमा तेस्रो राष्ट्रिय रेफ्री सेमिनार तथा डन बेल्ट टेस्ट प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।

हाप्किडो खेलप्रति रुचि जगाउँदै खेलाडीहरु उत्पादन गर्ने उदेश्यले केन्द्रीय संघले बुटवलमा राष्ट्रियस्तरको सेमिनारको आयोजना गरिएको हो । सेमिनारको प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्ती मगरले उद्घाटन गरे ।

कार्यक्रममा सभामुख घर्तीले खेलकुदलाई हेर्ने दृष्टिकोणमा क्रमशः परिवर्तन हुँदै आएको बताए । उनले कुनै बेला खेल भन्ने बित्तिकै तिरस्कार गर्ने समाजको मनोविज्ञान भए पनि अहिले भने खेलाडीको सम्मान उच्च रहेको बताए ।

नेपालमा खेलकुदको विकासका केही प्रयास राणाकालमै भए पनि यसको विकास भने सोचे जसरी अगाडि नबढेको सभामुख घर्तीको भनाइ छ ।

उनले अहिले अवसरहरु पनि वृद्धि हुँदै गएकाले खेल क्षेत्रमा लाग्न अभिभावकहरुले पनि उत्प्रेरणा दिनुपर्ने बताए । खेलकुदको विकासका लागि सरकारले नीति नै बनाउनुपर्ने उनको भनाइ छ ।

केन्द्रीय अध्यक्ष कालीबहादुर घर्ती मगरले हाप्किडो नेपाल सरकारबाट मान्यता प्राप्त खेल भएको भन्दै यस खेलका खेलाडीलाई प्रशक्षित गर्न दैशैभर राष्ट्रियस्तरको सेमिनार गरिएको बताए ।

सेमिनारको उद्घाटन सत्रमा संघका प्रदेश ५ का अध्यक्ष धनबहादुर दमाई, तिलोत्तमा नगर खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र गुरूङ, खेलकुद पत्रकार संघ रुपन्देहीका अध्यक्ष सुमन अधिकारी, हाप्किडो संघ भक्तपुरका अध्यक्ष पद्मा खैरगोली, संघका केन्द्रीय सदस्य सुवर्ण विसी (सम्भव)लगायतले बोल्दै हाप्किडोमा आबद्ध खेलाडीहरुलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

दैशैभरका करिब ६० जना खेलाडीहरु सहभागी सेमिनारमा राष्ट्रिय प्रमुख प्रशिक्षक लालम लामा, बरिष्ठ प्रशिक्षक सुस्मिता गुरुङ, प्रशिक्षक भुवन बुढा मगरले प्रशिक्षण दिएको संघका प्रदेश उपाध्यक्ष यामु थापाले जानकारी दिए । प्रशिक्षण मंगलबार सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?