Comments Add Comment

गरीमा धानको नक्कली बीउ बेच्नेलाई तीनलाखसम्म जरिवाना

५ फागुन, काठमाडौं । गरीमा धानको बाला नलाग्ने नक्कली बीउ बिक्रीमा संलग्न आयातकर्ता र बिक्रेतालाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जरिवाना गराएको छ ।

विभागले प्रयोग गर्न पाउने कानुनी अधिकारअनुसार आयातकर्तालाई ३ लाख र बिक्रेतालाई जनही दुई लाखका दरले जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

विज्ञहरुको प्रमाणित अनुसन्धान तथा कृषि मन्त्रालयले विभागमा पठाएको फाइल तथा अनुगमनको आधारमा उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार जरिवाना गरिएको विभागका माहानिर्देशक नेत्रप्रसाद सुवेदीले बताए ।

विउ आयतकर्ता सनराइज एग्रिकल्चर रिसर्च प्रालि दाङलाई ३ लाख र सुलु भेट सेन्टर बर्दियालाई र तेजल एग्रोभेट दाङलाई कारोबार स्थलमा खरिद बिल नराखेकाले २० हजार जरिवाना गराइएको छ । यस्तै १४ बिक्रेतालाई जनही दुई लाखका दरले जरीवाना गरेको विभागले जनाएको छ ।

कुन बिक्रेतालाई कति जरिवाना ?

 

क्र.सं बिक्रेता जरिवाना
तनहुँ बीज भण्डार, दमौली, तनहुँ २ लाख
जमिल बीज भण्डार, कपिलवस्तु २ लाख
घिमिरे एग्रोभेट कपिलवस्तु २ लाख
लालीगुराँस एग्रोभेट सेन्टर दाङ २ लाख
स्वर्गद्वारी एगि्र नेपाल दाङ २ लाख
जनता एग्रोभेट दाङ २ लाख
मुनाल एग्रोभेट कन्सर्न बाँके २ लाख
सृजना भेट सेन्टर बर्दिया २ लाख
शिखा एग्रो सेन्टर बर्दिया २ लाख
१० खुसीराम भेटरिनरी सेन्टर बर्दिया २ लाख
११ लोहती एग्रोभेट सेन्टर बर्दिया २ लाख
१२ आरएच एग्रोभेट कैलाली २ लाख
१३ किसान एग्रोभेट सेन्टर कैलाली २ लाख
१४ प्रशान्त एग्रोभेट सेन्टर चितवन २ लाख

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment