+
+
Shares

महायज्ञमा गएकी किशोरीमाथि सामूहिक बलात्कार, ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ५ गते १८:२३

५ फागुन, बुटवल । रुपन्देहीको मर्चवारमा एक किशोरी सामूहिक बलात्कारमा परेकी छन् ।

जिल्लाको सम्मरीमाई गाउँपालिका-३ थुम्हवाकी १६ वर्षीया एक किशोरीलाई स्थानीय तीन जना युवाले जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय मर्चवारले जनाएको छ ।

बलात्कारमा संलग्न भएको अभियोगमा तीन जनालाई नै नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक चित्रबहादुर घलेले जानकारी दिए ।

गाउँमा आयोजित महायज्ञमा गएका बेला किशोरीलाई बोलाएर घरभन्दा केही टाढा निर्माणाधीन भवनमा पुर्‍याइ तीन जनाले बलात्कार गरेको प्रहरीको भनाइ छ ।

घटनामा संलग्न तीनै जना युवा र किशोरीको मेडिकल परीक्षणको लागि भीम अस्पताल भैरहवा पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?