Comments Add Comment

दामनका होटेल व्यवसायीले भने-पानोरमामाथि अन्याय भयो

५ फागुन, काठमाडौं । मकवानपुरको दामनस्थित होटेल व्यवसायीहरुले एभरेष्ट पानोरमामाथि सरकारले गरेको कारवाहीप्रति असहमति जनाएका छन् । अघिल्लो महिना ८ जना भारतीय पर्यटकको मृत्यु भएपछि सरकारले छानविन समिति बनाएको थियो । समितिको सुझावपछि सरकारले एभरेष्ट पानोरमा रिसोर्टलाई तीन महिना निलम्बन गर्ने निर्णय गरेको थियो । त्यसअवधिमा रिसोर्टले मापदण्ड पुरा गर्नुपर्ने शर्त राखेको थियो ।

तर, स्थानीय होटेल व्यवसायीका तर्फबाट थाहा होटेल एशोसिएशन, दामनले घटनाको अध्ययन गरेको भन्दै एभरेष्ट पानोरमा माथि अन्याय भएको पाइएको अध्यक्ष शिवकुमार खत्रीले बताए ।

उनले त्यसको व्यहोराको पर्यटन विभागमा समेत पठाएका छन् । २०५० सालमा सञ्चालनमा आएपश्चात यो रिसोर्ट दर्ता भई नियमित प्रतिवेदन बुझाएको दावी स्थानीय होटेल व्यवसायीले गरेका छन् । होटेल तथा रिसोर्टको वर्गीकरण गर्दा मापदण्ड शहर र पहाडी इलाका तथा डाँडाकाँडामा खुलेका रिसोर्टलाई समेत एकैनास राखिएकोतर्फ पनि व्यवसायीले असन्तुष्टी व्यक्त गरेका छन् ।

हेलिप्याडसहित पाहुनाको सुरक्षाका लागि आवश्यक व्यवस्था गरेको रिसोर्टलाई समेत निलम्बन गर्नु व्यवहारिक नभएको स्थानीय व्यवसायीको भनाइ छ । अक्सिजनको कमीका कारण पाहुनाको मृत्यु भएको र कर्मचारीले रोक्न खोज्दा पाहुनाले जबर्जस्ती हिटर लगेको विषयलाई व्यवसायीले दोहोर्‍याएका छन् ।

कोठा न्यानो बनाउन अतिरिक्त ब्लान्केट राखेको, बेडमा इलेक्ट्रिक म्याट्रेस जडान भएको समेत व्यवसायीले जनाएका छन् । रिसोर्टमा भएको घटनालाई ‘दुर्घटना’को संज्ञा दिँदै थाहा होटेल एशोसिएशनले घटनामा दोषी सावित गर्नु दुखदः भएको बताएको छ । नेपाल भ्रमण बर्ष २०२० चलिरहँदा रिसोर्टमाथि भएको कारवाहीले अगि्रम बुकिङ प्रभावित हुने भएकाले रिसोर्टमाथि लागेको बन्देज हटाउन व्यवसायीले माग गरेका छन् ।

७ माघमा भारतको केरलाबाट आएका १५ जना भारतीय पर्यटकमध्ये एकै कोठामा सुतेका ८ जनाको निधन भएको थियो । त्यस घटनामा सरकारले रिसोर्टलाई दोषी सावित गर्दै तीन महिना निलम्बनको निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment