+
+
Shares

राष्ट्र बैंकको दुई प्रादेशिक कार्यालयमा अब विशिष्ट श्रेणीको दरबन्दी

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ६ गते ११:२७

६ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले उपत्यकाबाहिरका दुई कार्यालयमा कार्यकारी निर्देशकको दरबन्दी हुने व्यवस्था गर्ने भएको छ । सोमबार बसेको सञ्चालक समिति बैठकले प्रदेश नम्बर एकको विराटनगर कार्यालय र प्रदेश २ को विरगञ्ज कार्यालयमा कार्यकारी निर्देशकलाई कार्यालय प्रमुखको रुपमा खटाउने निर्णय गरेको हो ।

यस अघि यि कार्यालयहरुमा निर्देशक नै कार्यालय प्रमुख रहने व्यवस्था थियो । कार्यकारी निर्देशक विशिष्ट श्रेणी हो भने निर्देशक पद प्रथम श्रेणी हो ।

अन्य ठाउँको तुलनामा विराटनगर र विरगञ्ज कार्यालयको भूमिका धेरै हुने भएकाले विशिष्ट श्रेणीको दरबन्दी राख्ने निर्णय गरिएको राष्ट्र बैंकका एक सञ्चालकले जानकारी दिए ।

‘२ ठाउँमा कार्यकारी निर्देशक खटाउने भन्ने विषयमा पहिले नै छलफल हुँदै आएको थियो, तर निर्णय हुन सकेको थिएन’ ति सञ्चालकले भने, ‘यि विषयमा सबैको सहमति जुटेपछि सोमाबार निर्णय गरेको हो ।’

नयाँ सञ्चालकमा ढुंगाना
सोमबार साझ बसेको सञ्चालक समिति बैठकले अर्थसचिव शिशिर ढुंगानालाई सञ्चालकको रुपमा स्वागत समेत गरेको छ । अर्थमन्त्रालयका सचिव राष्ट्र बैंकको सञ्चालक रहने कानूनी व्यवस्था अनुसार ढुंगानालाई गभर्नर तथा सञ्चालक समितिका अध्यक्ष डा. चिरञ्जीवि नेपालले स्वागत गरे ।

यस अघि अर्थमन्त्रालयको प्रतिनिधित्को गर्दै तत्कालिन डा. राजन खनाल सञ्चालक थिए । २२ माघमा खनाल अवकाश भएसँगै एक सञ्चालक समिति पद रिक्त थियो ।

राष्ट्र बैंक सञ्चालक समितिको अध्यक्ष गभर्नर नै हुने व्यवस्था छ भने अर्थ सचिव राष्ट्र बैंकको सञ्चालक समिति सदस्य रहने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?