Comments Add Comment

मार्च महिनामा के बलिउडले ५ सय करोड कमाउला ?

नायक अक्षय कुमार अभिनित चलचित्र ‘सूर्यवंशी’को प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्र मार्चको २७ तारिखबाट रिलिज हुँदैछ । रोहित सेट्टीको निर्देशनमा तयार भएको यो चलचित्रमा अक्षयको साथमा नायिका कट्रिना कैफको मुख्य भूमिका छ । यो चलचित्रले बक्स अफिसमा ३ सय करोड कमाउने अपेक्षा बलिउड पण्डितहरुको छ ।

यस्तै, मार्च महिनामा नै चलचित्र ‘बाघी ३’ पनि रिलिज हुँदैछ । यो चलचित्रको ट्रेलरले धुम मच्चाइसकेको छ । यसैले पनि बक्स अफिसमा यो चलचित्रले धुम मच्चाउने अपेक्षा गरिएको छ । टाइगर श्राफ र श्रद्धा कपुरको मुख्य भूमिका रहेको यो चलचित्रको एक्सनलाई दर्शकले निकै रुचाएका छन् ।

यसैले, मार्च महिनामा बलिउडमा दुई एक्सन चलचित्र रिलिज हुँदैछन् । टाइगर श्राफ र अक्षय कुमारको स्टारडम, एक्सन क्रेजका कारण पनि मार्च महिनामा बलिउडमा यी दुई चलचित्रले ५ सय करोडको योगदान गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment