Comments Add Comment

हिमालय रोडिज: कसको टिमबाट को-को बाहिरिए ?

‘हिमालय रोडिज सिजन-३’को जर्नी राउण्ड चलिरहेको छ । १६ जना प्रतियोगीबाट सुरु भएको जर्नी राउण्ड अहिले ११ जनामा झरिसकेको छ । चार टिमबाट ५ जना प्रतियोगी बाहिरिसकेका छन् ।

जर्नी राउण्डमा सबै भन्दा पहिला अनुप विक्रम शाहीको ‘टिम रेड’बाट विक्की गुरुङ बाहिरिएका थिए । दोस्रो बाहिरिने प्रतियोगी थिए, समन श्रेष्ठको ‘टिम ब्लु’बाट अभिष पोखरेल ।

आशिष राणा ‘लाहुरे’को ‘टिम ग्रिन’बाट दिक्षा लामिछाने बाहिरिइन् । तीनै टिमबाट एक-एक जना आउट भइसक्दा पनि दीया मास्केको ‘टिम एल्लो’बाट भने कोही पनि बाहिरिएका थिएनन् । हिजो सोमबार प्रशारण भएको एपिसोडबाट भने दीयाले पनि एक प्रतियोगी गुमाएकी छिन् ।

सोमबार भएको टाक्समा लाहुरेको टिम ग्रिनले खेल जितेर सुरक्षित भएको थियो । त्यस टिमबाट कोही आउट हुने थिएन । तर, अन्य तीन टिमबाट प्रतेक एक-एक जनालाई टिमले नै निकाल्नु पर्ने थियो ।

टिम एल्लोबाट सोनिका प्रजापति, ब्लुबाट जोशिका श्रेष्ठ र टिम रेडबाट मनिषा विश्वकर्मा बाहिरिने थिए । तर, त्यसमा टिम ग्रिनले एक जनालाई सुरक्षित गर्ने अधिकार पायो । उक्त अधिकारबाट टिम रेडकी मनिषा सुरक्षित भएकी छिन् ।

यसो हुदाँ टिम रेड, ग्रिन र एल्लोमा तीन तीन जना प्रतियोगी बाकीँ रहेका छन् भने समनको टिम ब्लुमा भने दुई जना मात्रै बाकीँ रहेका छन् ।

हिमालय रोडिज हरेक सोमबार हिमालय टिभीबाट प्रशारण भइरहेको छ । रेमनदाश श्रेष्ठ होस्ट रहेको यस शोलाई अमनप्रताप अधिकारीले निर्देशन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment