
६ फाुगन, काठमाडौं । सानिमा बैंक लिमिटेडले महाशिवरात्रिको उपलक्ष्यमा आफ्ना ग्राहकहरूलाई विशेष योजना स्वरुप विभिन्न छुट प्रदान गर्ने भएको छ।
बैंकले आफ्ना नयाँ तथा पुराना ग्राहकहरूलाई लक्षित गर्दै तीन दिनको लागि आफ्ना डेबिट कार्ड र मोबाइल बैंकिङ सेवामा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ।
यो योजनाअन्तर्गत विवाहित दम्पतीले खाता खोली डेबिट कार्ड र मोबाइल बैंकिङ आवेदन गर्दा एक जनाले डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा निःशुल्क पाउने छन्। साथै, यो योजनामा महिला ग्राहकले १ सय रुपैयाँको नेपाल टेलिकम वा एनसेलको टपअप पनि पाउने छन्।
यो योजना भोलि (बुधबार)देखि आइतबारसम्मका लागि लागू गरिएको बैंकले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4