+
+
Shares

एफसी बारालाई हराउँदै पर्सागढी सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ६ गते १९:२७

६ फागुन, वीरगञ्ज । नीजगढ एफसी बारालाई हराउँदै आयोजक पर्सागढी युवा स्पोर्टस क्लब प्रथम पर्सा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।

पर्साको बढनिहारमा जारी प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा पर्सागढीले एफसी बारालाई ३-० गोल अन्तरले  पराजित गरेको हो ।

खेलको सुरुवाती २४औं मिनेटमा निजगढका समीर तामाङले गोल गरेर निजगढलाई अग्रता दिलाएका थिए ।

खेलको पहिलो हाफमा १ गोललेपछि परेको पर्सागढी दोस्रो हाफमा उत्कृष्ट प्रर्दशन गर्यो । पर्सागढीका रमेन डंगोलले खेलको ५८ औं मिनेट र ७७ औं मिनेटमा लगातार गोल गरेर टिमलाई अग्रता दिलाए । खेलको ७९ औं मिनेटमा पर्सागढीका सुसान्त चौधरीले गोल गरेपछि पर्सागढी ३-१ गोल अन्तरले विजयी बन्यो ।

खेलको म्यान अफ द म्याच पर्सागढीका रमेन डंगोल भए । उनलाई पर्सागढी नगरपालिका-५ का वडाध्यक्ष असलम आलमले ट्रफी प्रदान गरे ।

प्रतियोगिता अन्तर्गतको भोलि बुधबारको खेल वीरगञ्ज युथ क्लव र श्याम पराजुली युवा स्पोर्टस क्लव हेटौंडाबीच हुनेछ ।

Results

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?