Comments Add Comment

चरण स्पर्श : यस्तो छ वैज्ञानिक महत्व

आफूभन्दा सम्मानित मानिसलाई अभिवादन गर्नको लागि खुट्टा ढोग्ने परम्परा शताब्दीयौंदेखि चल्दै आएको परम्परा हो । सनातन धर्ममा आफूभन्दा सम्मानित व्यक्तिहरुको खुट्टाको छुनु उत्तम मानिन्छ। त्यो शास्त्रीय मान्यतालाई आधुनिक विज्ञानसँग जोडेर हेर्दा यसको प्रत्यक्ष र अप्रत्यक्ष रूपमा समेत चरण स्पर्शका धेरै फाइदाहरू छन् ।

चरण स्पर्शको अर्थ कसैसामु पूर्ण भक्तिसाथ शिर झुकाउनु हो । यसले नम्रता र मनोशान्तिको भाव विकास गराउँछ । चरण स्पर्श गर्दा पनि अरूलाई तिनीहरूको आचरणले प्रभावित पार्न मद्दत गर्दछ । यो विश्वास गरिन्छ कि खुट्टाको औंलाबाट पनि उर्जा प्रसारण हुन्छ । यो पनि विश्वास गरिन्छ कि नियमित रुपले आफूभन्दा ठूलालाई खुट्टा छोएर अभिवादन गर्दा धेरै प्रतिकूल ग्रहहरू पनि अनुकूल हुन्छन् भन्ने विश्वास छ ।

झुकावको एउटा फाइदा यो पनि हो कि यसले हाम्रो केवल संस्कारको मात्रै नभएर विभिन्न किसिमका शारीरिक समस्यालाई समेत कम गर्छ । एक आशीर्वादको रूपमा जब हामी सम्मानजनक व्यक्तिको खुट्टा स्पर्श गर्छौं । तिनीहरूको हातले हाम्रो टाउकोको माथिल्लो भागलाई छुन्छ र हाम्रो हातले उनीहरूको खुट्टालाई। यो विश्वास गरिन्छ कि यसले हाम्रो शरीरमा आशीर्वादको रूपमा त्यस आदरणीय व्यक्तिको सकारात्मक उर्जा प्राप्त गर्न सकिन्छ । त्यो व्यक्तिको आध्यात्मिक र मानसिक गुणहरु ढोग्ने व्यक्तिमा सर्छ भन्ने विश्वास छ।

अभिवादनको वैज्ञानिक पक्ष

न्युटनको नियम अनुसार, विश्वका सबै चीजहरू गुरुत्वाकर्षणको नियममा बाँधिएका हुन्छन् । साथै गुरुत्वाकर्षण भार सधैं आकर्षक बस्तु तर्फ जान्छ । यही नियम हाम्रो शरीरमा पनि लागू हुन्छ । टाउकोलाई शरीरको उत्तरी धुव्र  र दक्षिण धुव्रको रूपमा खुट्टालाई लिने गरिन्छ ।

यसको अर्थ गुरुत्वाकर्षण शक्ति वा चुम्बकीय उर्जा सँधै उत्तरी धुव्रमा प्रवेश गर्दछ र दक्षिण चक्रतिर बगेर आˆनो चक्र पूरा गर्दछ । अर्थात्, सकारात्मक उर्जा उत्तरी धुव्र (टाउको) बाट शरीरमा प्रवेश गर्दछ र दक्षिण धुव्र (खुट्टाहरू) तिर बग्दछ। दक्षिण धुव्रमा, यो ऊर्जा असीमित मात्रामा स्थिर छ । खुट्टा तिर यो ऊर्जाको केन्ऽ हुन्छ । यस्तो उर्जा हातहरूमा खुट्टाबाट सर्छन्।

मानव शरीर विभिन्न किसिमका तत्वहरु मिलेर बनेको हुन्छ । जसले सजातीय तत्वहरूलाई आफैंमा आकषिर्त गर्छ । मित्रता, स्नेह र प्रेम यस आकर्षणको उत्पादन हो । यो आकर्षण वा तन्काइ एक चुम्बकीय सम्पत्ति हो । प्रत्येक जीवित प्राणीहरूमा एकै समयमा कम्तिमा तीन वैज्ञानिक सिद्धान्तहरूले सँगै काम काम गर्ने गर्छ भन्ने मान्यता राखिन्छ ।

चुम्बकीय शक्ति र तत्व गुणहरू

हामीहरुले दैनिक रुपमा धेरैलाई भेट्ने गर्छौ । जसमध्ये कसैलाई हामीले याद गर्दैनौं र कोहीसँग हाम्रो मित्रताको भावना प्रकट भएको हुन्छ । त्यसैसँग उनीहरुको मित्रता निहित भएको पाइन्छ । यसरी हामीले कसैको खुट्टा ढोग्दा शरीरको उर्जा ढोग्ने मानिसको चरणमा पुग्छ ।

मानिसहरुको औंलाहरुको मुद्रा केवल परम्परा वा बन्धन मात्र होईन । यो विज्ञान हो, जुन हाम्रो शारीरिक, मानसिक र वैचारिक विकाससँग जोडिएको छ । उनीहरुको खुट्टा छुनुले आफूभन्दा सानालाई आशिष दिने गरिन्छ । तर, अन्जानमै हामीहरुमा धेरै ज्ञान आउँछ भन्ने मान्यता छ । त्यसैले अरुलाई ढोग गर्ने परम्पराको वैज्ञानिक मान्यता रहेको मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment