Comments Add Comment

बक्स अफिसमा ‘आमा र सेन्टी भाइरस’, कसको बुकिङ कस्तो ?

शुक्रबारदेखि रिलिज हुने दुई नेपाली चलचित्र ‘आमा र सेन्टी भाइरस’को देशभरका मल्टिप्लेक्समा बुकिङ खुलेको छ । दिपेन्द्र के खनाल निर्देशित चलचित्र ‘आमा’ले काठमाण्डौका मल्टिप्लेक्समा राम्रो शोज पाएको छ भने काठमाण्डौ बाहिर यसको शोज केही कम छ ।
चलचित्रमा मिथिला शर्मा, सुरक्षा पन्त लगायतका कलाकारको मुख्य भूमिका छ ।

ट्रेलरबाट निकै नै राम्रो प्रतिक्रिया पाएका कारण पनि यो चलचित्रलाई दर्शकले रुचाउने अपेक्षा निर्मात्री शर्मिला पाण्डेको छ । चलचित्रको बुकिङ खुलेसँगै हलमा दर्शकको चाप सुखद हुने देखिएको छ ।

यो चलचित्रलाई क्यूएफएक्स चेनले देशभरका हलमा २३ शोज दिएको छ । यस्तै, रामबाबु गुरुङको निर्देशनमा तयार भएको चलचित्र ‘सेन्टी भाइरस’ले मल्टिप्लेक्समा राम्रो शोज पाएको छ । चलचित्रलाई काठमाण्डौ भित्र र बाहिर नै मल्टिप्लेक्सले उच्च शोज दिएका छन् ।

सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङ लगायतका कलाकारले अभिनय गरेको चलचित्रले पाएको शोज अनुसार दर्शकको चाप पनि उच्च बनाउन सकेको खण्डमा आक्रामक ओपनिङ गर्न सक्छ । चलचित्रलाई क्यूएफएक्सको देशभरका चेनमा ५० शोज मिलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment