Comments Add Comment

चौथो दिदीबहिनी महिला भलिबल : एपीएफ सेमिफाइनलमा

पर्वत । चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विभागीय टोलीद्वय नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले विजयी सुरुवात गरेका छन् ।

१३औं गण्डकी प्रदेशस्तरीय महिला महोत्सवको अवसरमा आयोजित प्रतियोगितामा एपीएफले जित निकाल्दै समूह ए बाट बिजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको छ ।

उद्घाटन खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबमाथि ३–२ को कठिन जित निकाल्यो । एपीएफले आर्मीमाथि २१–२५, २५–१७, १९–२५, २५–९ र १५–१० ले स्तब्ध बनायो । पराजय पश्चात आर्मीले पनि उपबिजेताको रुपमा समूह ए बाट सेमिफाइनलमा स्थान बनाएको छ ।

अर्को खेलमा पुलिसले न्यु डायमण्डलाई २५–२२, २५–२१ र २५–१७ को सोझो सेटमा हराउँदै समूह बी को बिजेताको रुपमा सेमिफाइनलमा प्रवेश गर्ने बलियो आधार बनाएको छ । पुलिससँग पराजय भएको होङग्वान्जी न्यु डायमण्डले पहिलो खेलमा आयोजक दिदीबहिनीमाथि २५–३, २५–२ र २५–६ ले हराउँदा सेमिफाइनलको सम्भावना बलियो बनाएको थियो ।

आयोजक समूह बी को कमजोर टिम देखिएकाले बिहीबार हुने पुलिससँगको अन्तिम लिग खेलमा पनि आयोजक रेडियो दिदीबहिनीले जित निकाल्ने सम्भावना निकै कम छ । बिहीबार नै दुवै सेमिफाइनलका खेलहरु पनि हुने छन् ।

प्रतियोगिताको विजेताले पाउने दुई लाख नगद पुरस्कार जलजला गाउँपालिकाका अध्यक्ष यमबहादुर मल्लले प्रायोजन गरेका छन् । दोस्रो हुने टोलीले एक लाख नगद प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थानको लागि प्रदान गरिने ५० हजार नगद पुरस्कार नेहा फेन्सी स्टोरर्सका प्रोप्राइटर राजन श्रेष्ठले प्रायोजन गरेका छन् । सर्वोत्कृष्ट खेलाडी तथा विधागत उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment