Comments Add Comment

तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता जारी

६ फागुन, बुटवल ।  बुटवलमा जारी तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता अन्तर्गत विभिन्न इभेन्टका खेलहरु सम्पन्न भएका छन् ।

रुपन्देही लन टेनिस संघको आयोजनामा मंगलबार भएको वुमन्स सिंगलतर्फ भगवती विकले प्रीति गौतम, सलोनी तामाङले रुसाली श्रेष्ठ, प्रकृति श्रेष्ठले अलिसा श्रेष्ठ र इन्द्रकला श्रेष्ठले पूजा अर्याललाई समान ६–०, ६–० को सोझो सेटमा पराजित गरेका छन् ।

मेन्स सिंगलतर्फको खेलमा रीतिक रानाले अन्जन थेन्जुलाई ६–०, ६–० को सोझो सेटमा पराजित गरेका छन् ।

यसैगरी मेन्स डबल्सतर्फको खेलमा भिष्म काउचा र रीतिक रानाको जोडीले सन्जय श्रेष्ठ र विकास खड्काको जोडीलाई ६–०, ६–३ तथा सम्यकबिक्रम बज्राचार्य र निरज गुरुङको जोडीले निशान श्रेष्ठ र अन्जन थेन्जुको जोडीलाई ६–०, ६–१ को सोझो सेटमा पराजित गर्दै सेमीफाइनल प्रवेश गरेका छन् ।

यसैगरी ३५ वर्ष प्लस उमेर समूहमा कमल भण्डारीले राजन पौडेललाई ६–१, ६–१ को सोझो सेट, सन्जय प्रसाद श्रेष्ठले सबिर मियालाई ६–०, ६–२ को सोझो सेट, राजु श्रेष्ठले अर्जुन गुरुङलाई ६–२, ६–० को सोझो सेटमा पराजित गरेका छन् । रामु विक वाकओभर पाएर दोस्रो चरणमा प्रवेश गरे ।

यसैगरी ३५ वर्ष उमेर समूहको डबल्सतर्फ शरण गुरुङ र राजन पौडेलको जोडीले अनिल सेन्चरी र शेषमणिको जोडीलाई ६–०, ६–१ तथा राजु श्रेष्ठ र दुर्गा केसीको जोडीले सोम राना र सबर मियाको जोडीलाई ६–०, ६–० तथा सुकमान तामा र अन्जन बानियाको जोडीले प्रेम थापा र असोक गुरुङको जोडीलाई ६–०, ६–२ को सोझो सेटमा पराजित गर्दै सेमीफाइनल प्रवेश गरेका छन् । यसैगरी कमल भण्डारी र चन्द्र शाहीले वाकओभर पाएका छन् ।

यसैगरी ४५ वर्ष उमेर समूहको डबल्सतर्फको खेलमा गोपी भट्टराई र धर्मसिंह लामिछानेको जोडीले अर्जुन गुरुङ र गोपाल ज्ञवालीको जोडीलाई ६–०, ६–१ तथा उत्तम बोगटी र सूर्य भुजेलको जोडीले नवीन चालिसे र धर्म कोइरालाको जोडीलाई ६–४, १–६, १०–७ को सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन् ।

यसैगरी ५५ वर्ष उमेर डबल्समा राजु गुरुङ र बसन्त प्रधानको जोडीले राजेन्द्र घिमिरे र कर्ण तामाङको जोडीलाई ७–५, ६–७, १०–२ तथा मनोज राना र ध्रुव गुरुङको जोडीले अब्दुल सहमद र मनोज बस्नेतको जोडीलाई ६–२, ६–१ को सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment