Comments Add Comment

निसर्ग पटेललाई बलिङमा प्रतिबन्ध

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले अमेरिकी अलराउण्डर बलर निसर्ग पटेललाई बलिङ गर्न प्रतिबन्ध गरेको छ । केही समयअघि नेपालमा आएर  विश्वकप क्रिकेट लिग २ खेलेका निसर्ग पटेलको बलिङ अनाधिकृत रहेको भन्दै तत्कालबाट लागु हुनेगरी प्रतिबन्ध गरेको आइसीसीले जनाएको छ ।

विश्वकप क्रिकेट लिग २ अन्तर्गत ओमान विरुद्धको खेलमा पटेलको बलिङ अनाधिकृत पाइएको आइसीसीले जनाएको छ । उक्त खेलमा उनले ३२ बलमा अर्धशतक समेत बनाएका थिए । फेब्रुअरी ११ मा भएको उक्त खेलमा उनले ७ ओभर बलिङ गर्दा ३७ रन खर्चेका थिए भने विकेट लिन सकेका थिएनन् ।

आइसीसीको प्राविधिक टोलीले सिरिजकै बेला पटेलको बलिङ शंकास्पद र अनाधिकृत ठहर गर्दै आइसीसी सामु कारबाहीका लागि सिफारिस गरेको थियो ।

पटेलले अब बलिङ एक्सनमा सुधार गर्दै आइसीसीले प्रतिबन्ध फुकुवा नगर्दासम्म प्रतिबन्ध भोग्नु पर्नेछ ।

अब आइसीसीको एक्सपर्ट प्यानलले पटेलको बलिङ एक्सनको परिक्षण गर्नेछ । उनको बलिङमा सुधार आए मात्र उनको प्रतिबन्ध हट्ने आइसीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment