
५ फागुन, बुटवल । बुटवलका पत्रकार हरिश ढकालले खेलकुद पत्रकारिता पुरस्कार पाएका छन् ।
बुटवलको दीप बोर्डिङ हाइ स्कूलले स्थापना गरेको यो पुरस्कार यस वर्ष नेपाल टेलिभिजनका संवादाता ढकालले पाएका हुन् ।
पुरस्कारको राशी १० हजार रुपैयाँ रहेको छ । विद्यालयको ३९ औं वार्षिक उत्सवको अवसरमा पत्रकार ढकाललाई विद्यालय सञ्चालक समितिका अध्यक्ष राजेन्द्रप्रसाद ध्वजू र प्राचार्य टिकाराम न्यौपानेले नगद र सम्मान पत्रसहित पुरस्कृत गरेका छन् ।
ढकाल २०५५ सालदेखि पत्रकारितामा क्रियाशील छन् । सामाजिक उत्तरदायित्व अन्तर्गत खेलकुद क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रोत्साहनका लागि पुरस्कार स्थापना गरिएको प्राचार्य टिकाराम न्यौपानेले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4