Comments Add Comment

शिवरात्रीमा पशुपतिमा १० लाख भक्तजन आउने

७ फागुन, काठमाडौं । पशुपति क्षेत्रमा महाशिवरात्रि पर्वको तयारी पूरा भएको छ ।

पशुपति क्षेत्र विकास कोषले बुधबार पत्रकार सम्मेलन गरी फागुन ९ गते पर्ने महाशिवरात्रीको सम्पुर्ण तयारी पूरा भएको बताउदै यसबर्ष १० लाख भक्तजनले पशुपति दर्शन गर्ने अनुमान गरेको छ ।

भारतबाट साधु, बाबा र भक्तजन आउने क्रम जारी रहेको कोषले बताएको छ ।

कोषले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको संयोजकत्वमा १ सय ११ सदस्यीय महाशिवरात्री व्यवस्था मूल समिति र अन्य केही उपसमिति गठन गरेर तयारी भइरहेको जनाएको छ ।

कोषले भक्तजनको सुरक्षा र पशुपति दर्शनलाई व्यवस्थित बनाउनुको साथै आवास, भोजन, लाइटिङ, स्वास्थ्य, वातावरण, सरसफाइ, स्वयंसेवा परिचालन, साधुसन्तको सेवा तथा प्रचार प्रसार, स्वयंमसेवक, सरकारी निकाय, अनुगमनका लागि ११ वटा उपसमिति गठन गरेको हो ।

यसैगरी शिवरात्रीका लागि पशुपति क्षेत्रमा डाक्टर, नर्स, औषधी र शैय्यासहितको नेपाली सेनाको स्वास्थ शिविर समेतको व्यवस्था मिलाइएको छ ।

यस वर्ष भारतबाट आउने पर्यटक पनि बढी हुने अनुमान गरिएको छ ।

कोषले भारतबाट आउने दर्शनार्थीलाई १ सय वटा सघंसस्थाले निःशुल्क खाना, पानीको व्यवस्था मिलाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment