
News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध मुद्दा दायर भएको छ।
- जिल्ला प्रहरी र जिल्ला सरकारी वकिल कार्यालयको अनुसन्धानपछि काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो।
- यो सहकारी ठगी प्रकरणमा यसअघि रास्वपा सभापति रवि लामिछानेसहितका व्यक्तिमाथि पनि मुद्दा दायर भएको थियो।
३० वैशाख, काठमाडौं । कालीमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध मुद्दा दायर भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय बबरमहलले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
राईसहितका व्यक्तिलाई प्रतिवादी बनाउँदै पूरक अभियोजन मार्फत मंगलबार सहकारी ठगीको कसुरमा मुद्दा दायर भएको हो ।
यो सहकारी ठगी प्रकरणमा यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहितका व्यक्तिमाथि मुद्दा दायर भएको थियो । उनी पछि धरौटीमा रिहा भएका थिए ।
यसअघि सांसद राईलाई उन्मुक्ति दिँदै मुद्दा दर्ता भएको थियो । सांसद राईलाई उन्मुक्ति दिएको भन्दै आलोचना भएपछि १३ वैशाखमा प्रहरीले कपनबाट सांसद राईलाई पक्राउ गरेको थियो ।
उनीविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको छ । संगठित अपराधको कसुरमा ६० दिनसम्म प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न सकिने व्यवस्था भए पनि सांसद राईको हकमा भने १७ दिनमै अदालतमा मुद्दा दर्ता भएको हो ।
प्रतिक्रिया 4