+
+
Shares

अमेरिकी राजदूत भन्छन्- एमसीसी र इण्डो प्यासिफिक एउटै होइनन्, संशोधन गर्ने समय घर्कियो

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ७ गते २१:४२

७ फागुन, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले एमसीसी सहयोग इन्डो प्यासिफिक रणनीति (आइपीएस) को अंग नभएको बताएका छन् । अब एमसीसी सम्झौता संशोधन गर्ने अवधि घर्किएको राजदूत बेरीले बताएका छन् ।

बुधबार वीबीसी नेपाली सेवाका सञ्जय ढकाललाई दिएको अन्तरवार्तामा राजदूत बेरीले एमसीसी र आइपीएस बेग्लाबेग्लै भएको बताएका हुन् ।

राजदूत बेरीले अन्तरवार्तामा भनेका छन्, ‘एमसीसीलाई अन्य लक्ष्यसँग जोड्न ठूला प्रयास भएको बारे म जानकार छु । तर, यथार्थ के हो भने ती सत्य होइनन् । ती एकदम फरक हुन् ।’

‘कतिपयले यो सम्झौतामा संशोधन हुनुपर्छ भनेका छन्, अमेरिकाले यस्ता कुनै संशोधन प्रस्तावलाई कुन हदसम्म स्वीकार्न सक्छ ?’ भन्ने बीबीसीको प्रश्नमा एमसीसी सम्झौताको लामो पृष्ठभूमि बाँध्दै राजदूत बेरीले भनेका छन्, ‘यस सम्झौता भएको समय तालिका एकपटक समीक्षा गर्नु जरुरी छ ।…. अहिले अढाइ वर्षपछि जब यसको वास्तविक कार्यान्वयन नजिक आइरहेको छ, तब संशोधनसम्बन्धी छलफलका लागि त समय घर्किसकेको छ ।’

एमसीसी सम्झौतामा उल्लेखित विकास आयोजना अमेरिकाको नभएर नेपालको आफ्नै छनोट भएको बताउँदै राजदूत बेरीले यो चाँडै संसदबाट पारित हुने र यसबाट नेपाललाई फाइदा हुने बताएका छन् ।

यदि नेपाललाई एमसीसी सम्झौता आफ्नो देशको हित विपरीतजस्तो लागेको छ भने नेपालको संसद यसलाई अस्वीकार गर्न स्वतन्त्र रहेको पनि राजदूत बेरीले जनाऊ दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?